ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किताब जिन्दगी


एबीसी न्यूज
१० बैशाख २०७५, सोमबार   ७ : ४९   बजे
रिमा के.सी.
रिमा के.सी.

कविता

तिमीलाई चिन्नुअघि
तिमीलाई बुझ्नुअघि
तिमीलाई पढ्नुअघि
अनि कलिला यी अबोध औंलाले
खाली कापीका पानाहरुमा
सिसाकलमले जिन्दगीको चित्र कोर्नुअघि
मैले साथी बनाएछु तिमीलाई
अन्जानमै बसेछ तिमीशीत
अव्यक्त अपरिभाषित प्रेम
र राखेछु मेरो हृदयकेन्द्रमा
तिमी मेरो प्रेम थियौ कि मीठो रहर रु

मेरो अमूल्य खुशी थियौ कि
मेरा अन्जानमै सजाएका अधूरा सपनारु
कखरा पढ्न सिके देखि नै
कोसौं टाढा मसँग सुख भागेपनि
दुस्खले अँगाले पनि मलाई
छोडिनौ तिमीले मेरो साथ
या मैले छोडिनँ तिमीलाई रुरु
म जाँन्दिनँ अझै
तिमीसँगको खै यो कस्तो सम्बन्ध होरु
न रगतको
न भावनाको
न चाहनाको
न त कुनै स्वार्थको
न कहिले पढें मैले तिमीलाई
न चिनें तिम्रा शब्दहरुको मर्म
न त जानें तिम्रा गहिरा अर्थहरु
न त तिमीले नै सुनायौ आफुभित्रका कथाव्यथा

प्रत्येक पाइलामा
फेरिए होलान् लुगाजस्तै कति थान झोलाहरु
यो जिन्दगीको भित्ताबाट
बदलिए होलान् समय असमयका क्लालेन्डरहरु
हराए होलान् कति मुरी यादहरु
तर तिमी सधैं मसँगै भयौ

कैयौंपटक महङ्गो भोक र अभाव किन्ने पर्स बिर्सें
जिन्दगी लख्ने आँसु भरिएको कलम बिर्सें
दुस्खका पहाड बोक्दा बर्सिने
मोती बोक्ने रुमाल पनि बिर्सें
तर कहिले तिमीलाई बिर्सिन सकिनँ

थाहा थिएन
किन हुन्थ्यौ हरपल तिमी
श्वास र स्पन्दनजस्तै
किन बोक्थें तिमीलाई म
पैतालाले शरीर बोकेजस्तै
जहाँ पुग्थे मेरो निर्बल पाइलाहरु
अघिपछि गर्दै दुरदराजका कन्दरामा
त्यहीँ पुग्थ्यौ तिमी
मेरो झोलाको अँध्यारो कुनामा
मणिझैं चम्किएर मेरो मुहारमा उज्यालो छर्दै
तिमीलाई पढिरहँदा
मलाई सधैं लागिरह्यो
म पढिरहेछु आफैलाई
तिमीले नै सिकायौ यो दिव्यज्ञान
किताब एउटा जिन्दगी हो
र जिन्दगी आफैमा एक अमूल्य किताब ,

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

स्थानीय तहले बनाएको कार्यविधिको संवैधानिकता संवैधानिक इजलासमा परीक्षण नहुने सर्वोच्च अदालतले ठहर

सबै जीवित पूर्वप्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

सम्बन्धित

पाकिस्तानी टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि भावुक

फिल्म ‘आशा’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन हुने

‘बदलिँदो समाज, बदलिँदो तीज’ नारासहित डिजिटल तीज गीत/भिडियो प्रतियोगिता

सुरेश थापा ‘दर्शने’को निर्देशनमा ‘जुनी’ टेलिशृंखलाको टिजर सार्वजनिक

गोविन्दा–सुनिता सम्बन्धविच्छेद मुद्दाबाट पछि हटिन्, म्यानेजर भन्छन्– ‘अहिले सबै ठीक छ’

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुतिसहित टप दरबारमा तीनदिने ‘लोकदोहोरी मेला’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu