ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको केही वर्षमा नेपालले विदेशमा विज्ञता वेच्ने


admin
११ बैशाख २०७५, मंगलबार   ५ : १४   बजे


काठमाडौं, ११ वैशाख ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिलाई गति दिन सम्पुर्ण राजनीतिक नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभएको छ ।

राजधानीमा आज भएको समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा प्रकृतिले दिएको बरदानलाई समदुपयोग गर्न सबै पक्ष मिल्नुको विकल्प नभएको बताउनुभयो । उहा“ले पहिलेका शासकहरुले विकासका आधार तयार नपारेको भएपनि अब भने त्यो आधार बनेको जिकिर गर्दै अस्थिर सरकारले राष्ट्रको हितमा काम गर्ने दाबी गर्नुभयो । अहिले नेपाली कामदारहरु खाडी मुलुकमा गएर श्रम बेच्नुपरेको भएपनि अबका केही वर्षमा नेपालले विदेशमा विज्ञता बेच्ने तर्क गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले अहिलेसम्म नेपालीको शिक्षा विदेशीलाई सेवा दिन मात्र भएको भन्दै स्वदेशमा प्रयोग गर्ने वातावरण अब बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । पूर्वशिक्षा मन्त्री समेत रहनुभएका शर्माले राष्ट्रलाई भन्दापनि पैसालाई महत्व दिएकै कारण राष्ट्र निर्माणमा ढिलाई भएको टिप्पणी गर्दै सकरात्मक सोचको विकास गरि सबै पक्ष मिलेर मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा मुलुकको विकास, समृद्धि र प्रगतिको लागि कृषि, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिएर नीति नियमहरु बनाउनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ति, विद्यलाय, सामाजिक संस्था तथा उद्यमी र उद्योगीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu