ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औ बुद्ध जयन्तीको तयारी अन्तीम चरणमा


sharan sharan
११ बैशाख २०७५, मंगलबार   ९ : ५६   बजे

लुम्बिनी, ११ वैशाख । यही वैशाख १५ गतेबाट सुरु हुने २५६२ औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तीम चरणमा पुगेको छ ।
लुम्बिनी बिकास कोषले आज पत्रकार सम्मेलन गर्दै बौद्ध सम्मेलन र बुद्ध जयन्तीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । कोषका अनुसार बौद्ध सम्मेलन तथा बुद्ध जयन्तीका बिभिन्न कार्यक्रमहरु वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा हुंदैछ ।

सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले र बुद्ध जयन्ती मूल समारोहको उदघाटन राष्ट्रपति बिद्यादेबि भण्डारीबाट हुने कोषका उपाध्यक्ष अवधेश त्रीपाठीले जानकारी दिनुभयो ।

यसबर्षको सम्मेलनको नारा ‘पनि प्रथम सम्मेलनमा राखिए अनुसार लुम्विनी, नेपालः भगवान बुद्धको जन्मस्थल,बौद्ध धर्मको उद्गमभूमी तथा विश्व शान्तिको मुहान’ रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै कोषका उपाध्यक्ष अबधेस कुमार त्रिपाठीले सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका बिभिन्न तहका ब्यक्तिहरु सहभागिता रहने बताउनुभयो ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका बौद्ध धर्म,दर्शन,संस्कृति तथा सम्पदा सम्बन्धमा बिभिन्न ३२ वटा कार्यपत्रहरु प्रस्तुुत हुनेछन् । १६ जना नेपाली र १६ बिदेशी प्रस्तुत गर्ने कार्यपत्रहरुलाई निष्कर्ष सहित लुम्बिनी घोषणा पत्र २०१८ जारी गरिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै पुर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले संसारमा सबै भन्दा ठुलो गणतन्त्रबादी नेता बुद्ध भएको दाबी गर्नुभयो ।
सम्मेलन सम्पन्न गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ५६२ सदस्सिय मूल समारोह समिति गठन भएको छ । सम्मेलनकै लागि नेपाली सेनाले सभाहल निर्माण गर्दै गरेको र सबै बिहारहरुलाई अन्तराष्टबाट आउने पाहुनाहरुलाई ब्यवस्थित बसोबासका लागि अनुरोध गरिएको उपाध्यक्ष त्रीपाठीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group