ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औ बुद्ध जयन्तीको तयारी अन्तीम चरणमा


sharan sharan

लुम्बिनी, ११ वैशाख । यही वैशाख १५ गतेबाट सुरु हुने २५६२ औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तीम चरणमा पुगेको छ ।
लुम्बिनी बिकास कोषले आज पत्रकार सम्मेलन गर्दै बौद्ध सम्मेलन र बुद्ध जयन्तीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । कोषका अनुसार बौद्ध सम्मेलन तथा बुद्ध जयन्तीका बिभिन्न कार्यक्रमहरु वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा हुंदैछ ।

सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले र बुद्ध जयन्ती मूल समारोहको उदघाटन राष्ट्रपति बिद्यादेबि भण्डारीबाट हुने कोषका उपाध्यक्ष अवधेश त्रीपाठीले जानकारी दिनुभयो ।

यसबर्षको सम्मेलनको नारा ‘पनि प्रथम सम्मेलनमा राखिए अनुसार लुम्विनी, नेपालः भगवान बुद्धको जन्मस्थल,बौद्ध धर्मको उद्गमभूमी तथा विश्व शान्तिको मुहान’ रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै कोषका उपाध्यक्ष अबधेस कुमार त्रिपाठीले सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका बिभिन्न तहका ब्यक्तिहरु सहभागिता रहने बताउनुभयो ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका बौद्ध धर्म,दर्शन,संस्कृति तथा सम्पदा सम्बन्धमा बिभिन्न ३२ वटा कार्यपत्रहरु प्रस्तुुत हुनेछन् । १६ जना नेपाली र १६ बिदेशी प्रस्तुत गर्ने कार्यपत्रहरुलाई निष्कर्ष सहित लुम्बिनी घोषणा पत्र २०१८ जारी गरिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै पुर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले संसारमा सबै भन्दा ठुलो गणतन्त्रबादी नेता बुद्ध भएको दाबी गर्नुभयो ।
सम्मेलन सम्पन्न गर्न प्रधानमन्त्रीको अध्यक्षतामा ५६२ सदस्सिय मूल समारोह समिति गठन भएको छ । सम्मेलनकै लागि नेपाली सेनाले सभाहल निर्माण गर्दै गरेको र सबै बिहारहरुलाई अन्तराष्टबाट आउने पाहुनाहरुलाई ब्यवस्थित बसोबासका लागि अनुरोध गरिएको उपाध्यक्ष त्रीपाठीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com