ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लाका शिक्षा एकाइ गृह मन्त्रालय मातहत


एबीसी न्यूज
१३ बैशाख २०७५, बिहिबार   ९ : २८   बजे

 

काठमाडौं,१३ वैशाख सरकारले जिल्लामा रहेर शिक्षाका गतिविधि हेर्ने कार्यालयलाई गृह मन्त्रालय मातहतमा ल्याएको छ।

शिक्षा मन्त्रालय अन्तरगतका जिल्ला शिक्षा कार्यालय खारेज गरी शिक्षा विकास तथा समन्वय एकाइ सञ्चालनमा ल्याइएको हो।

गृह मन्त्रालय अन्तरगत रहेको प्रशासन कार्यालयको एउटा शाखाको रूपमा एकाइले काम सुरू गरिसकेको छ। साविक जिशिकाले गर्ने काम स्थानीय तहबाट पनि हुने भए पछि जिशिका खारेज भएको थियो। साविक जिशिका रहेकै भवनमा गृहमन्त्रालय मातहत रहने गरी एकाइ सञ्चालनमा ल्याएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए।

‘जिल्ला शिक्षा कार्यालयका काम गाउँपालिका/नगरपालिकाकै शिक्षा शाखाबाट भएपछि सदरमुकाममा कार्यालय राख्नुपर्ने औचित्य रहेन। तर, परीक्षाका कापी व्यवस्थापनजस्ता केही काममा समन्वय गर्नुपर्ने अवस्था देखिएपछि समन्वय एकाइ बनाएका हौं’ उनले भने, ‘गृह अन्तरगत प्रशासन कार्यालयको एउटा शाखाको रूपमा एकाइ राख्दा काम गर्न सजिलो हुन्छ कि भन्ने छ।’

शिक्षाका गतिविधि प्रदेश सरकारलेभन्दा संघीय सरकारबाटै धेरै हुने उनले बताए। शिक्षा हेर्नका लागि प्रदेशमा छुट्टै मन्त्रालय छैन। मन्त्रालयले अन्तरिम संगठन संरचना स्वीकृत गरी जिशिअलाई नै समन्वय एकाइको प्रमुख तोकेको छ।

‘पहिलो श्रेणीका सिडियो रहेका जिल्लामा साविककै जिशिअलाई जिम्मेवारी दिएका छौं,’ अर्यालले भने, ‘उपसचिव तहका सिडियो कार्यरत जिल्लामा अधिकृत खटाएका छौं।’

संविधानमा विषयगत कार्यालयका सेवा दिने गरी सदरमुकाममा सेवा दिने बेग्लै शाखाको परिकल्पना गरिएको छैन। मन्त्रालयले व्यवहारिक पक्षलाई हेरेर प्रशासन अन्तरगत शाखाको रूपमा एकाइ सञ्चालन गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेको थियो।

जिल्ला शिक्षा कार्यालयको बोर्ड हटाएर कार्यालयको नाम नेपाल सरकार, गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय एकाइ राखेको गोरखाका जिशिअ दीपेन्द्र सुवेदीले जानकारी दिए।

‘शिक्षा कार्यालयले गर्दै आएका केही काम अब गृह मातहतमा रही प्रशासनको एउटा शाखाको रूपमा हामीले सञ्चालन गर्नुपर्ने भएको छ’ सुवेदीले भने।

साविक जिशिकामा रहेका कर्मचारीलाई संघीय सरकारले खटाएअनुसार कार्यक्षेत्रमा पठाइन्छ। सहसचिव तहका सिडियो भएका जिल्लाको शिक्षा समन्वय शाखामा ९ जना र उपसचिव सिडियो भएका ठाउँको शाखामा शिक्षा हेर्न ५ जना कर्मचारी रहने मन्त्रालयले जनाएको छ।

‘साविक जिशिकामा कार्यरत रहेका कर्मचारीलाई संघीय सरकारले खटाएको क्षेत्रमा काममा खटाइन्छ’ प्रवक्ता अर्यालले भने, ‘संघ, प्रदेश या स्थानीय तह जहाँ पनि खटाउन सक्ने अधिकार सरकारलाई छ।’

जिशिकाको बोर्ड हटाएर प्रशासन अन्तरगत शाखा सञ्चालन गर्न मन्त्रालयले २९ चैतमा निर्देशन दिएको थियो।

चैत २८ सम्मको खर्चको लेखापरीक्षण साविक जिशिकाबाटै गर्ने तथा चैत २९ पछि जिशिकाको नाममा कुनै पनि खर्च रकम निकासा नगर्न मन्त्रालयले यसअघि नै परिपत्र गरिसकेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu