ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालकै वैज्ञानिकले पत्ता लगाए नयाँ कुरा


एबीसी न्यूज
१३ बैशाख २०७५, बिहिबार   २ : ०३   बजे

चितवन, १३ वैशाख ।   कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् ।

उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ । विश्वविद्यालयको पशु प्रजनन प्रविधि विभागले गत वर्षको असार २ गते आठ वटा भैँसीमा गराएको गर्भधारणबाट पाँच वटा भैँसी ब्याएका हुन् । ती भैँसी चैत २९ गतेदेखि वैशाख १० गतेसम्म ब्याएका थिए । बेमौसममा लैना भैँसी तयार भएपछि दूधको उत्पादन सबै मौसममा बराबर हुने उनीहरूको तर्क छ ।

मुख्य अनुसन्धानकर्ता प्रा डा भूमिनन्द देवकोटाका अनुसार सन् २०१३ बाट निरन्तर गरिएको अनुसन्धानबाट यो सफलता मिलेको हो । यस वर्ष विश्वविद्यालय हातामा रहेका सात भैँसी र एक जना किसानको भैँसीमा परीक्षण गरिएको थियो । जसबाट विश्वविद्यालयका चार र किसानको एक भैँसी ब्याएका हुन् ।

भैँसीका प्रजनन अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकताअनुसारको हर्माेन तयार गरी भैँसीलाई खुवाउँदा सुख्खा मौसममा भैँसी प्रजननमा सहज भएको जानकारी दंदै उहाँ उक्त मौसममा नाम्ले, माटेलगायतका आन्तरिक परजीवीका कारण भैँसीमा तनाव हुने र वातावरणीय तापक्रमका कारण पनि भैँसीमा तनाव बढ्ने गरेको देखिएको उल्लेख गर्नुुहुन्छ ।

हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको संक्रमण बढी भएको पाइएकाले पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्माेन प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजननयोग्य बनाउन सकिएको अध्ययनले देखिएको अनुसन्धानकर्ता डा देवकोटाकाको भनाइ छ ।

साउनदेखि मंसिरसम्म भैँसीको प्रजननको हिसाबले सबैभन्दा उपयुक्त मौसम मानिन्छ । पुसदेखि फागुनसम्मको समयलाई मध्यम र त्यसपछिको समय पूर्ण सुख्खा एवं गर्भधारणका लागि अनुपयुक्त मानिन्छ । जसका कारण कुनै मौसममा दूध बढी भएर मिल्क होलिडे हुन्छ भने कुनै समयमा नेपालमा दूधको अभाव हुने गर्दछ ।

आगामी पाँच वर्षभित्र यो प्रविधि किसानसम्म पु¥याउने लक्ष्य राखिएको छ । अनुसन्धानले नेपालमा भँैसीको उत्पादन, उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

चितवनको रामपुरमा रहेको भैँसी फर्म र पोखराको पशु विकास फर्ममा रहेका भैँसीमा अनुसन्धान गरिँदै आएको छ । विगतका वर्षमा प्रत्येक वर्ष १० वटा भैँसीमा यो परीक्षण गरिएकामा तीन÷चार वटामा मात्रै सफलता मिलेको थियो । यस वर्ष भने रामपुरमा आठ वटामध्ये पाँच वटा र पोखरामा सात वटामध्ये दुई वटा भैँसीले चैतदेखि असारसम्म गर्भधारण गरी ब्याइसकेका छन् ।

नेपालमा कूल गार्हस्थ उत्पादनको २६ दशमलव ८ प्रतिशत हिस्सा कृषिले ओगटेकामा १३ प्रतिशत योगदान पशुजन्य स्रोतको छ भने भैँसीको मात्र योगदान छ प्रतिशत छ । नेपालको पहाडी क्षेत्रमा लिमे, पारकोटे र गड्डी जातका भैँसी पालिन्छ भने तराई क्षेत्रमा स्थानीय तराई जात र भारतीय मुर्रा जातको भैँसी पालिन्छ । नेपालमा ५२ लाख भैँसी रहेको सरकारी तथ्यांक छ ।

विश्वमा भैँसीको संख्या दुई अर्ब रहेको छ भने भारतमा मात्रै एक अर्ब आठ करोड भैँसी छन् । विश्व स्वास्थ्य संगठनले प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नुपर्ने जनाए पनि नेपालमा ७२ लिटर मात्रै उपभोग हुँदै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu