ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह


एबीसी न्यूज
१३ बैशाख २०७५, बिहिबार   ४ : २८   बजे

 

काठमाडौँ, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह २०१८ अन्तर्गत आज आयोजना गरेको “सार्वजनिक शिक्षा सुदृढीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक संवाद कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालय सुधारका लागि शिक्षामा बजेट बढाउन आवश्यक भएकाले त्यसमा सबैको पहल हुनुपर्ने बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताहरु लागेमा शिक्षामा निर्वाचनमा प्रतिबद्धता गरिएअनुसार कूल बजेटको २० प्रतिशत बजेट विनियोजन हुन सक्ने जनाउँदै आफूले शिक्षा सुधारका लागि मार्गचित्र र कार्ययोजनाका साथ अघि बढिरहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कूल बजेटको करीब १० प्रतिशतमात्र विनियोजित छ ।

उहाँले विद्यालयका कार्यक्रम र स्वागतका नाममा कलिला बालबालिकालाई लाइन लगाउने वा घाममा कुराउने प्रकारका काम बन्द गर्न विद्यालयलाई निर्देशन दिनुभएको छ । मन्त्री पोखरेलले बुधबार गोखारको पालुङ्टारका केही विद्यालयमा पुग्दा विद्यार्थीको लाइन लगाइएको पाइएपछि यस्तो निर्देशन दिनुभएको हो ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वाम गठबन्धनले निर्वाचनमा व्यक्त गरेको घोषणापत्रमा समावेश भएका शिक्षा क्षेत्रका सवालहरु पूरा गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाउँदै सार्वजनिक शिक्षा बलियो भएमा मात्र राज्य बलियो हुने भएकाले सार्वजनिक शिक्षाको सुदृढीकरणप्रति आफ्नो पार्टी सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षामा लगानीको प्रतिफल आउने गरी सरकार, शिक्षक र सरोकारवालाले काम गर्नुपर्छ ।”

नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले वर्षौंदेखि अस्थायीमा कार्यरत शिक्षकका लागि स्थायी गराउन विगतको सरकारले गरेको सहमति पालना भएमा ती शिक्षकले गुणस्तरीय शिक्षा दिन सक्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले निजी विद्यालयलाई नियमन गर्दै सामुदायिक विद्यालयको सुधार गर्न दलहरुले विगतका प्रतिबद्धता कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता वृशेषचन्द्र लाल र संघीय समाजवादी फोरम नेपालका नेता उमाशंकर अर्गारियाले संघीयतामा केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय हुनुपर्ने तथा तराई मधेशको शिक्षा विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China, Indonesia Pledge Strengthened Cooperation Amid Global Uncertainty

China’s Early Rice Output Remains Stable Despite Weather Challenges

Several Injured in Sword Attack at Swedish High School

Trump’s ‘Economic D-Day’ Threat Met With US Market Losses

Chinese State Councilor Pushes For Accelerated Youth Football Development

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu