ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिद्वारा दनुवार बस्ती हस्तान्तरण


admin
१६ बैशाख २०७५, आइतबार   ८ : ०९   बजे

सिन्धुपाल्चोक, १६ वैशाख । जिल्लाकै बिपन्न र सिमान्तकृत दनुवार समुदायको बसोबास रहेको इन्द्रावती गाउँपालिका–१२, भिमटारमा निर्मित नयाँ एकिकृत बस्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तन्तरण गरेकी छन् ।

एसओएस बालग्रामले निर्माण गरिदिएको एक सय ७७ परिवारको घर वडा अध्यक्ष कमलरत्न दनुवारलाई प्रदान गर्दै औपचारिक रुपमा आइतबार बस्ती हस्तान्तरण गरिएको हो ।

बस्तीसँगै उनले २७ करोड रुपैयाँ लागतमा बनेको एक विद्यालय र एक सामुदायिक भवन राष्टपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन् । भूकम्पले शतप्रतिशत घर ढलेको भिमटारस्थित दनुवार बस्तीका सबै घर एसओएस बालग्रामले निर्माण गरिदिएको थियो । घर निर्माणपछि हस्तान्तरण गर्न गाउँ आएकी राष्टपति भण्डारीको गाउँलेले भव्य स्वागत गरे ।

उनले विद्यालय प्रांगणमा वृक्षारोपण गरेकी थिइन् । हेलिकोप्टरबाट ओर्लने बित्तिकै राष्टपति भण्डारीले एसओएसद्धारा निर्मित दुई सर्व साधारणको घरको अवलोकन गरेकी थिइन् । भूकम्पपछि यस क्षेत्रमा आएको एसओएस बालग्रामले आफ्नो घर बनाएकोमा स्थानीयले कार्यक्रमपछि खुसी मनाएका छन् । आफ्नो हैसियत भन्दा उत्कृष्ट घर समयमै निर्माण भएकोमा उनीहरुले खुसी मनाएका हुन् ।

सीमान्तकृत बस्ती निर्माण गरेको एसओएसलाई उनले सरकारलाई सहयोग गरेकोमा भण्डारीले धन्यवाद दिइन् । ‘विपन्न वर्गलाई सहयोग गरेकोयो काम निकै प्रशसनीय छ,’ उनले भनिन् ।

उनले सिन्धुपाल्चोक नेपालकै नमूना जिल्ला भएको बताउँदै लगानीमैत्री वातावरण निर्माण गरि गाउँमै रोजगारी भित्र्याउनुपर्नेमा जोड दिइन् । ‘सिन्धुपाल्चोकलाई समृद्ध बनाउने काम अगाडी बढ्नेछ, यसको संरक्षणको अगुवाई स्थानीय सरकारले गर्नुपर्छ ।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group