ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरभित्रको सबै विद्यालयमा सिसी क्यामेरा जडान


एबीसी न्यूज

 

लहान, १७ वैशाख ।  सिरहाको गोलबजार नगरपालिका क्षेत्रभित्र सबै माध्यमिक विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

गोलबजार नगरपालिका कार्यालयले शिक्षाको स्तर खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने उदेश्यका साथ विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत गिरीराज ज्ञवालीले जानकारी दिनुभयो ।

नगर क्षेत्रभित्रका छ वटा माविको सम्पूर्ण विद्यालय प्रांगण, शिक्षक कोठा, कार्यालय कोठा र कक्षाकोठाको बरण्डासम्म फोटो खिच्न सकिने गरी प्रत्येक विद्यालयमा हाललाई चार वटाका दरले क्यामेरा जडान गरिएको छ ।

नगर क्षेत्रभित्र पर्ने जनता नमूना मावि, गोलबजार आठ चोहर्वा, जनता (प्रविधिक) मावि गोलबजार चार, जनता मावि, गोलबजार १० डण्डाटोल, सरस्वती माध्यमिक विद्यालय गोलबजार तीन, तेतरिया जमदह, जनता माध्यमिक विद्यालय, गोलबजार ११ बलकावा र जनता माध्यमिक विद्यालय गोलबजार १२ बेतौना महनौरमा क्यामेरा जडान गरेका छन् ।

तराईका जिल्लामा सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न पहिलो चरणमा निगरानी बढाउन यो प्रविधिको प्रयोग गरिएको नगर प्रमुख देवनाथ साहले बताउनुभयो ।

विद्यालयको भौतिक पूर्वाधार विकासले मात्र शिक्षा सुधार हुन नसक्ने भन्दै विद्यालयको शैक्षिक अवस्थामा पनि सुधार ल्याउन प्रविधिको निगरानीले सहयोग पुग्ने प्रमुख साहको कथन छ ।

क्यामेरा जडानपछि विद्यार्थीले गर्ने गतिविधि, शिक्षक कतिखेर आउने जाने, विद्यार्थी टिफिनकै समयमा विद्यालय छाडेर भाग्नेजस्ता कार्यको निगरानी गर्न सकिने बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com