ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्लिम संघको अध्यक्षमा पुनः अब्दुल सत्तार


admin

काठमाडौं, १७ बैशाख । नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित हुनुभएको छ । संघको वैशाख १५ र १६ मा काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार राति सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

कूल ७५ कार्यसमिति रहने मुस्लिम संघमा बाँकी २३ जना मनोनीत गरिनेछ । संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दीन, उपाध्यक्ष रफिक मिया, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मिया, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहीदा मिया र महासचिव मुत्तार अहमद निर्वाचित हुनुभएको छ ।

यस्तै सचिवमा मोहमद सफिक मुसलमान, प्रवेज आलम, मोहमद कमरुद्दीन, जमिल अब्तर शेख, एकरामुल शेख, सराफद अलि, जमिला मिया, रहमदतुल्ला मिया, कोषाध्यक्ष मोहमद जुनैद र सहकोषाध्यक्ष राजेन मिया निर्वाचित हुनुभएको छ । यस्तै ३० सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।

४३ जिल्लामा संगठन रहेको संघमा ४१ जिल्लाका झण्डै ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष सत्तारले राजनीतिक तहमा मुस्लिमको प्रतिनिधित्व गराउन आफ्नो कार्यकालले पहल गर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा मुस्लिम संघलाई ७५ वटै जिल्लामा विस्तार गरेर पार्टीलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पुनः सर्वसम्मत हुनुभएका सत्तार मुस्लिम संघ नेपालको स्थापनाकालदेखि हालसम्म अध्यक्ष रहँदै आउनु भएको छ । नेतृत्व हस्तान्तरण गर्न चाहे पनि सवैले नेतृत्व गर्न आग्रह गरेपछि सत्तारले नेतृत्व लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com