ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनहर्वाका मुसहर ४० वर्षभन्दा बढी बाँच्दैनन्


एबीसी न्यूज
१८ बैशाख २०७५, मंगलबार   ९ : ०७   बजे

 

गौशाला, १८ वैशाख ।  महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् ।

जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका छन् । उनीहरुले मनहर्वाका मुसहर दैनिक अत्यधिक रक्सी खाने गरेका कारण उनीहरु ४० वर्षभन्दा बढी बाँच्ने नगरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।

त्यहाँका मुसहर बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाको रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु ४० वर्षमै मर्ने गरेको स्थानीय तुलसी सदाले बताइन् ।

दुई वर्ष पहिले मात्र ३३ वर्षको उमेरमा अत्यधिक रक्सी खाएकै कारण स्थानीय दुखा सदाको मृत्यु भएको सुनाउँदै उनकी पत्नी इन्दु सदाले यहाँका कुनै पनि मुसहर ४० वर्षभन्दा बढी बाँच्ने नगरेको एकमात्र कारण अत्यधिक रक्सी सेवन गर्नु रहेको बताइन् ।

मनहर्वा बस्तीका पुरुष मुसहर दिनरात रक्सी खाने, झै झगडा गर्ने, श्रीमती कुट्ने, बालबालिकालाई नपढाउने र दैनिक रोजगारीबाट आर्जन गरेको अधिकांश पैसा रक्सीमा खर्च गर्नाले उनीहरुको अवस्था अति नै दयनीय रहेको महिलाले सुनाए ।

त्यस बस्तीमा कुनै पनि मुसहरको घरमा टिनको छानो वा पक्की घर छैन । सबैका घर खर, बाँस तथा झारपातबाट बनेको र सबैको छानो चुहिने अवस्थाका छन् ।

दैनिक रक्सी खाएका पतिबाट पीडित तथा अनेकौँ समस्याबाट पिल्सिएका त्यस बस्तीका महिलाले यस बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।  (रासस) ः

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Dozens Of Ukrainian Soldiers Deserting Training Camps In Germany

Nepali MPs Assert Right to Information Act Supersedes Committee Review

Nepal Minister Urges Tri-Level Government Collaboration for Education Improvement

Sinaloa Governor Returns to Office Amid US Drug Trafficking Accusations

Ukraine’s Corruption Crisis Deepens With Arrests of Top Officials

Nepal Exports Nearly Rs 100 Million Worth Of Vegetables Through Kakadbhitta

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu