ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरेको गर्लफ्रेन्ड पनि सुन तस्करी कनेक्सनमा, बैकं खाता र सम्पत्ति रोक्का


admin
१८ बैशाख २०७५, मंगलबार   ४ : ३३   बजे

काठमाडौं, १८ वैशाख । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करीको मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’को प्रेमिकाको पनि घटनामा संलग्नता भएको पाईएको छ । यससंगै सरकारले गठन गरेको छानविन समितिले उनको बैक खाता तथा सम्पत्ति रोक्का गरेको छ।

रक्षा भण्डारी गोरेकी प्रेमिका हुन्। विगत केही वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा रहेको र बिहे समेत गर्ने तयारीमा थिए। रक्षाका बाबु रुद्राक्षको व्यापार गर्छन्।

स्थाई घर पूर्व भएकीकी रक्षा केही समयदेखि काठमाडौंको गौरीघाटमा बस्दै आएकी छिन्। गोरेले अवैधरुपमा विमानस्थलबाट भित्र्याएको सुन उनकै कोठामा लगेर राख्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ।

रक्षाको सम्पर्क गोरेसँग रहेको पाएपछि सरकारले गठन गरेको छानविन समितिले उनको बैक खाता तथा सम्पत्ति रोक्का गरेको हो । ‘गोरे’ विदेशमा भएको बेला सम्पूर्ण आर्थिक कारोबार रक्षाले गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

गोरे मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक थिए। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबल हुँदा उनी मैदानमै थिए। तस्करी प्रकरणको मुख्य योजनाकार गोरे भएको खुलेपछि हाल उनी फरार छन् । उनको नाममा प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group