ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ किलो सुन प्रकरणः के छ अभियोग पत्रमा ?


एबीसी न्यूज
२० बैशाख २०७५, बिहिबार   ३ : ५२   बजे

काठमाडौं, २० वैशाख । त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा थाई एयरलायन्स र फ्लाई दुबईका कर्मचारीको महत्वपूर्ण भूमिका रहेको तथ्य खुलेको छ ।आज विहीवार जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार ६३ जनाविरूद्ध दायर गरेको मुद्दाको अभियोगपत्रमा यी दुई एयरलायन्सका कर्मचारीले सुन विमानस्थलबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

अभियोगपत्रमा थाई एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि यात्रुलाई विमानबाट ओराल्न प्रयोग हुने गाडीसहितको केटिएम ४४ भर्‍याङलाई सुन निकाल्न मिल्ने गरी मोडिफाइड गरिएको बताइएको छ ।

यसरी भर्‍याङ मोडिफाइ गर्ने उपाय थाई एयरवेजको इन्जिनियरिङ तर्फका सिनियर टेक्निसियन वीरेन्द्रमान श्रेष्ठ र गोपालकुमार श्रेष्ठले निकालेका हुन् । सुन आउने दिन यी दुई जनासहित समूहका अन्यको ड्युटी पार्ने काम कपिल पुरीले गर्थे । अभियोगपत्रका अनुसार विमानमा आएको तस्करीको सुन निकाल्न छुट्टै भर्‍याङ लगाइन्थ्यो ।

मोरङ जिल्ला अदालतमा दर्ता गराइएको अभियोगपत्रमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल काठमाडौं स्थित थाई एयरवेजका इन्जिनियरिङ तर्फका प्राविधिक कर्मचारीहरु गोपाल कुमार श्रेष्ठको नेतृत्वमा, बीरेन्द्रमान श्रेष्ठ, मृतक सानु बन, तक्ले भन्ने पुण्य प्रसाद लामा तामाङ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एल.बि.मगर भन्ने लाल बहादुर मगर, सम्वीर प्रसाद तोलाङ्गे र नेपाल वायु सेवा निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्जिनियरीङ तथा प्राविधिक विभाग अन्तर्गत कार्यरत कर्मचारीहरु राजु महर्जन, प्रेमलाल चौधरी, राजन थापा, अमरमान डंगोल र तुलाराम थारु, गोरे भन्ने चुडामणी उप्रेतीको आपराधिक समुहमा आवद्ध रहेको तथ्य प्रतिवादीहरुले विशेष अनुसन्धान टोली समक्ष ब्यक्त गरेका तथ्य र सोको श्रब्य दृष्य अभिलेखहरुबाट पुष्टी भएको छ ।’

प्रतिवादीहरुले थाई एयरवेजको जहाजमा आएको सुन र फ्लाई दुवई समेतको जहाजमा आएको सुन जहाजबाट गोप्य रुपले निकाली अन्तर्राष्ट्रिय विमानस्थल गौचरको परिसर भित्रबाट चोरी पैठारी गरी बाहिर पुर्याउने समूहभित्रका सदस्यहरुको जिम्मेवारी अति नै गोप्य तवरले बाँडफाँड गरेको र सोही अनुरुप आपराधिक काम तामेल गर्दै आएको निजहरुको बयानबाट खुलेको छ ।

थाई एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि यात्रुलाई विमानबाट ओराल्न प्रयोग हुने गाडीसहितको केटीएम ४४ भर्‍याङलाई मोडिफाइड गरी आपराधिक सञ्जालको गतिविधिमा उपयोग गरेको देखिएको छ । गोरे भन्ने चुडामणी उप्रेतीको आपराधिक समुहले थाई एयरवेजको जहाजमा दुवई देखि बैंकक हुँदै काठमाडौं आउने जहाजमा नियमित रुपमा सुन आउने गरेको तथ्य बरामद रजिष्टर समेतका हिसाब किताव कागजातबाट देखिन्छ ।

थाई एयरवेजको इन्जिनियरीङ तर्फका सिनियर टेक्नीसियन विरेन्द्रमान श्रेष्ठ र गोपाल कुमार श्रेष्ठले सुन अवैध तवरले चोरी पैठारी गर्न केटीएम ४४ भर्‍याङलाई मोडिफाइड गर्ने अक्किल निकालेको, सुन आउने दिनको कामको खटनपटन अपराधिक समुहका सदस्यहरु भित्रै बाट पर्ने गरी कपिलराज पुरीले गर्ने गरेको, उल्लिखित प्रतिवादीहरुको सल्लाह बमोजिम जहाजको पछाडी पट्टिको ट्वाईलेट तर्फ भर्‍याङ लगाउने काम एल.बि.भन्ने लाल बहादुर मगर र बिरेन्द्रमानले गर्ने गरेको, बिरेन्द्रमानले गाडीको भर्‍याङको माथिल्लो सिढी जहाजमा चढ्दा दायाँ पर्ने भाग को रेलिङको तल पट्टी फलामको प्वाल भएको बारको माथिल्लो भागमा रहेको बिर्को अर्थात सिललाई खोल्न मिल्ने र सुनका बिस्कुट छिराएपछि तल पिँधमा अड्किने स्क्रु नटले बन्द हुने बनाएको, उक्त भर्‍याङ जहाज आएपछि लाल बहादुर मगर र बिरेन्द्र समेतले लगाउने गरेको, जहाजबाट सबै यात्रु निस्की सकेपछि प्रतिवादी मध्येका दोराम खत्री समेतले ट्वाईलेटबाट सुन निकाल्ने र भर्‍याङको प्वालमा छिराउने, भर्‍याङमा बसेर मानिसहरुको आवत जावतले चोरी पैठारीको काममा अवरोध नपुगोस भनी प्रतिवादीहरु गोपाल कुमार श्रेष्ठ, बिरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले व्यवस्थापन गर्ने गरेको, सम्बीर प्रसाद तोलाङ र पुण्यप्रसाद तामाङले एयरहोष्टेज र अन्य क्रियु स्टाफलाई चलाखी पूर्वक निगरानी तथा छल्ने कार्य गर्ने गरेको, जहाज भित्र लुकाएको सुन समूह बाहिरका मानिसले थाहा नपाउन भनी जहाज भित्रका ब्ल्यांकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्णले गर्ने कार्य गरेको, भर्‍याङ्ग ग्यारेजमा ल्याएर राखी रात परेपछि भर्‍याङबाट सुन निकाल्ने काम गोपाल कुमार श्रेष्ठ र बिरेन्द्रमान श्रेष्ठले गर्ने गरेको, सुन झिकेपछि प्रायः गोपाल कुमार श्रेष्ठ, बिरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले आफ्नो मोटरसाईकल तथा स्कूटरमा बनाएको फल्स बटममा राखी र कहिले काही बरामद जिन्स ज्याकेटमा राखी एयरपोर्ट बाहिर चोरी पैठारी गर्ने गरेको तथ्य प्रतिवादीहरुले विशेष अनुसन्धान टोली समक्ष उल्लेख गरेका ब्यहोरा, अधिकार प्राप्त अधिकारी समक्षको बयान, श्रब्य दृष्य अभिलेख सामाग्री, थाइ एयरवेजको जहाजमा लगाउने भर्‍याङको फोटो, भर्‍याङको बस्तुस्थिति ब्यहोराको मुचुल्का, जहाजको ट्वाईलेटमा सुन लुकाउन प्रयोग गरिएको स्थान समेतका सामाग्रीहरुको भिडियो, फोटोहरु, बरामद मोटरसाईकल, बरामद जिन्स ज्याकेटहरु समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ ।’  अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको योजना : प्रतीक्षालयदेखि टोकन प्रणालीसम्म तत्काल सुधारको लक्ष्य

रास्वपा पदाधिकारीमा संस्थापन पक्षका ६ जना मनोनीत, बालेन पक्षबाट नाम आउन बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Stars and Stripes Editor Fired Amid Concerns Over Editorial Independence

Myanmar Military Strike Kills At Least 14 at Buddhist Monastery

China Issues Blue Alert as Typhoon Koinu Forms in South China Sea

बाढीपहिरोभन्दा घातक बन्दै सर्पदंश : तीन महिनामै ६६ जनाको मृत्यु, गाउँघरमा फैलिँदै ‘मौन विपत्ति’

विदेशी मुद्रा बजारमा मिश्रित उतारचढाव, डलर र युरो सस्तिँदा पाउन्ड महँगियो

चिनीको हात्तीबाट जनकविसम्म : दुर्गालाल श्रेष्ठसँग जोडिएको एउटा पुस्ताको स्मृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu