ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकका अधिकार संकुचित बनाउने नीति अन्त्य गर्न विश्व ट्रेड युनियन महासंघको माग


admin
२० बैशाख २०७५, बिहिबार   ३ : ५९   बजे

काठमाडौं, २० वैशाख । विश्व ट्रेड युनियन महासंघले श्रम कानुनमा श्रमिकहरुका हक अधिकार संकुचित बनाउने नीति अन्त्य गर्नुपर्ने जनाएको छ ।

बिहीबार काठमाडौमा बसेको महासंघको बैठकले १४ बुदे काठमाडौ घोषणा पत्र जारी गर्र्दै श्रमिक बर्गको राजनीतिक अधिकार, ट्रेड युनियन अधिकार सुनिश्चित हुने गरि संबिधान र श्रम कानुनमा सुधार गर्न सुझाव दिएको छ । त्यस्तै उत्पादन क्षेत्रमा लगानी बृद्धि गर्दे रोजगारी बृद्धि गर्नुपर्ने , श्रमिक सम्बन्धी आएलओ अभिसन्धी अनुमोदन गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी र सुविधामा भईरहेको व्यापारिकरण र निजीकरण बन्द गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक र सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, करार सेवा जस्ता नीतिका माध्यमबाट श्रमिक वर्गको सेवा ट्रेड युनियन अधिकारलाई कुण्ठित गर्ने नीतिको अन्त्य गर्नुपर्ने पनि घोषणा पत्रमा उल्लेख गरिएको विश्व टे«ड युनियन महासंघका अध्यक्ष माईक माकवेईबाले बताउनुभयो । उहाँले श्रमिकहरुको सामाजिक सुरक्षा अहिलको चूनौति भएको भन्दै यसमा गम्भीर हुुनुपर्ने बेला आएको धारणा राख्नुभयो ।

त्यस्तै, काठमाडौं घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाल नेता माधव कुमार नेपालले श्रमिकको चिन्ता र चासो तथा पटक पटक भएका आन्दोलनको मुल मर्मलाई बिश्वभरका सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

विश्व ट्रेड युनियन महासंघको काठमाडौ घोषणा पत्रमा श्रमजीवि वर्गले विभिन्न देशमा संचालन गरको आन्दोलनप्रति एकवद्धता समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group