ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ केजी सुन प्रकरण : सनमको लास ठेगान लगाउन प्रहरीको नाटक


एबीसी न्यूज
२० बैशाख २०७५, बिहिबार   ४ : १०   बजे
(फाईल तस्बिर)

काठमाडौं, २० वैशाख । सुन तस्करीको विषयमा विवाद भएपछि सनम शाक्यको अपहरण भएको सूचनाका आधारमा काठमाडौंबाट टोली मोरङ पठाएको प्रहरीको दाबी थियो । तर, सुन तस्करीबारे अनुसन्धान गर्न बनेको छानविन समिति सामू अभियुक्तहरुले दिएको वयानलाई पत्याउने हो भने अपराध महाशाखाको असली रुप उदाङ्गो बनाएको छ ।   वयान अनुसार प्रहरी टोली बन्धक युवकको उद्दार गर्न होइन कि सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले हत्या गरेका युवक सनम शाक्यको शव व्यवस्थापन गर्न धरान पुगेका थिए । सनमको शव लुकाउन नसकेपछि प्रहरीले शव भेटिएको सार्वजनिक गर्न निकै नाटक गर्नु गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले सनमको शवसहित टेकराज मल्ल ठकुरी, कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको थियो । उनीहरुको वयान अनुसार सनमको हत्या १८ गते नै गरिएको थियो । काठमाडौं बाट जाने प्रहरीलाई पर्खने क्रममा सनमको शव स्कोर्पियो राखेर एकदिनसम्म धरानमा घुमाइएको थियो ।

गोरेका सहयोगीहरु सनमको शव लिएर धरान पुगे । निर्भाना कन्ट्री क्लबमा वियर खाए । त्यहीबेला सनमको हत्या भएको हल्ला उर्लाबारीमा फैलिएको सूचना पाएपछि गोरेले धरानबाटै काठमाण्डुमा रहेका एसपी विकाशराज खनाल र सई बालकृष्ण संजेललाई जानकारी गराए ।

शव लुकाउन सई सञ्जेलले पाँच करोडको प्रस्ताव गरे तर अन्तिम समयमा आएर गोरेले २ करोड दिने घोषणा गरे । त्यसपछि ५० लाख दिने आश्वासनसहित टेकराज मल्ललाई लास जिम्मा लगाएर गोरे धरानबाट गायव भए । गोरेले परिवारलाई काठमाण्डु सेटल गर्ने आश्वासन दिएर सनमको शव जिम्मा लगाएका थिए । लास दफनाउनका लागि काठमाण्डुबाट आउँदै गरेको अपराध महाशाखाको टोलीलाई कुर्न स्कार्पियो चालक टेकराज मल्ललाई गोरेले निर्देशन दिएर आफू गायव भएका थिए । ।

गोरेले ‘अपराध महाशाखाको प्रहरीसँग सबै कुरा भइसकेको छ । टोली नआउँदासम्म धरानका विभिन्न स्थानमा लासलाई बा १२ च ५९६३ नं.को गाडीमा राखेर घुमाउँदै गर्नु र महाशाखाबाट प्रहरीको टोली आएपछि सबै उनीहरुले मिलाउँछन्’ भनेको टेकराज मल्लको वयानमा उल्लेख छ । गोरेले उनलाई अदालतबाट जसरी पनि निकाल्ने वचनसमेत दिएका थिए ।

यति भनेर गोरे अलप भएपछि टेकराजको टोलीले गाडीमा शव राखेर धरानको तिनकुने छेउको जंगलमा घुम्दै गर्दा उनलाई राति १० बजे काठमाण्डुबाट प्रहरी सञ्जेललाई फोन गरे । उनले काभ्रेको भकुण्डेबेंसी आइपुगेको जानकारी दिए ।

मध्यरातमा संजेल आफैंले फोन गरी के गर्दैछौं ? गोरे कहाँ छ? भनेर सोधेका थिए । गोरे भारत भइसकेका थिए । १० गते राति साढे २ बजेतिर सञ्जेलले ‘हामी धरानको बसपार्कमा आईपुग्यौं तिमी कहाँ छौं’ भन्दै फोन गरे ।

भानुचौकमा सनमको शव बोकेको गाडी घुमाउँदै गर्दा सञ्जेलसँग भेट भएको टेकराजको वयान छ । ‘सञ्जेल मामा भनेको तपाई हो भनी सोध्दा निजले सञ्जेल मामा भन्ने भनेको मै हो र म अपराध महाशाखामा कार्यरत सई बालकृष्ण संजेल हुँ भनी चिनाए’ मल्लले वयानमा भनेका छन् ।

मल्लको वयान अनुसार सञ्जेललाई भेटेको केहीबेरमा भानुचोकमै डीएसपी प्रजित केसी पनि आइपुगे । र, उनीहरुले भानुचौकमा रहेको सिमेन्टको चौतारामा बसेर गफ गरे ।

टेकराजको टोलीले केसी र सञ्जेललाई घटना कहाँ कसरी भयो बेलिविस्तार लाए । सञ्जेलले घट्ना सिराहा जिल्लाको लाहान आसपास भएको होइन र भनेर प्रश्न सोधेका थिए ‘गोरेले केही भारतीय मूलका मानिसहरुले सिराहाको लाहान आसपासमा सनम शाक्यको हत्या गरेको भनी जानकारी गराएका रहेछन्’ उनको वयान छ ।

प्रहरीहरुले सनमको लास गाडीमै भएको थाहा पाए तर, हेरेनन् । प्रहरी टोलीले गोरेलाई सम्पर्क गर्न खोजे तर, उनी भारत गइसकेका थिए । उनीहरुले गोरेकी पत्नी निरू भन्ने नर्बदा खरेललाई फोन गरी गोरेबारे सोधखोज गरे तर, निरुले अहिले मेरो सम्पर्क भएको छैन, सम्पर्क भएपछि तपाईलाई सम्पर्क गराइदिन्छू भनिन् र फोन स्वीच्ड अफ गरिन् ।

टेकराजको वयानअनुसार डीएसपी प्रजित केसीको प्रस्तावमा उनीहरु सुत्ने होटल खोज्न इटहरी पुगे । सञ्जेलले चिनेको होटल छ भन्दै इटहरी जाने प्रस्ताव गरे । भानुचोकबाटै प्रहरीको गाडी मगाए ।

सई संजेल, प्रहरी जवान मेष राना भने टेकराजले चलाएको बा १२ च ५९६३ नम्बरको स्कारपियोमा बसे, जहाँ सनमको शव थियो । डीएसपी प्रजित केसी धरान प्रहरीले उपलब्ध गराएको गाडीमा बसेर इटहरी पुगे । सञ्जेलले चिनेको होटलमा फोन उठेन र उनीहरु चोकदेखि पश्चिमतर्फको स्वास्तिका होटेल पुगे । सनमको शव गाडीको डिकीमा नै थियो ।

प्रहरी र गोरेका ड्राइभरले तीनवटा कोठा बुक गरे । ५०६, ५०९ र ५१० नं. का रुमहरु बुक गरी रुम नं. ५०६ मा डीएसपी प्रजित के सी, रुम नं. ५०९ मा प्रहरी जवान मेष राना र प्रहरीको गाडीका चालक र गोरेका चालक टेकराज बसे । रुम नं.५१० मा सई सञ्जेल बसे ।

बिहान सञ्जेलले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई बोलाउन लगाए । ‘संजेलले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई एक कागजमा साइन गर्नुपर्ने छ भनी बाहाना बनाएर बोलाउन भनेको टेकराजको वयान छ ।

दुबैजना आएपछि गोरेका तीनैजना कार्यकर्तालाई डीएसपी प्रजित केसीको रुममा लगियो । त्यहाँ सञ्जेलले पेस्तोल देखाएर ‘ईन्काउन्टर स्पेसलिस्ट सञ्जेल मामा भनेको मै हो, मलाई चिनेको छ ? मैले हालसम्म २–३ जानको ईन्काउन्टर गरिसकेको छु’ भन्दा मल्लले म तपाईलाई चिन्छु, म गोरेसँग हनुमानढोका आउँदा तपाईलाई चिनेको’ भनेको वयानमा उल्लेख छ । उनले यो छानविन समितिसँगको वयानमा पनि स्वीकार गरेका छन् ।

बिहान अपराध महाशाखाको प्रहरी टोलीको सल्लाहअनुसार नै प्रहरीको गाडीमा डीएसपी प्रजित के.सी र कृष्ण भन्ने नरेन्द्र कार्की चढे भने लाससहितको बा १२ च ५९६३ नं. को स्कोर्पियोमा प्रहरी जवान मेष राना चढे । मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नं. को पिकअपमा सञ्जेलसहित अरु चढे ।

ईटहरीबाट विराटनगरतर्फ जाने क्रममा सई सञ्जेलले सनम शाक्यलाई करेन्ट लगाउन प्रयोग गरिएका ब्याट्री र तारहरु मे १ च ५३९५ नं. को गाडीमा बा १२ च ५९६३ नम्बरको गाडीमा राखिदिए । त्यसपछि सनमको शव भएको गाडी अगाडि, डीएसपी केसी चढेको गाडी बीचमा र सञ्जेल चढेको गाडी पछाडि बसेर सुनसरीको दुहवी पुगे ।

डीएसपी केसीको निर्देशनअनुसार प्रहरी जवान मेष रानासहित आफूहरु जंगल खोजी लासको व्यवस्थापन गर्न दुहबी बजारबाट दाहिने साईड लागेको टेकराजको वयान छ । तर, लगभग २–३ कि.मी.अगाडि जाँदा पनि जंगल नभेटेको र गाउँ आएपछि उनीहरु फर्किए ।

दुहबी बजारबाट बिराटनगरतर्फ जाने क्रममा बरगाछी पुगेपछि डीएसपी केसीले पूर्वतर्फ छिर भने । यसपछि घटनाले नाटकीय मोड लियो ।

बरगाछीबाट पूर्वतिर करिव २०० मिटर अगाडि पुगेपछि डीएसपी प्रजित केसीले प्रहरी जवान रानालाई फोन गरेर गाडी रोक्न निर्देशन दिए । लगत्तै टेकराजले शव रहेको गाडी रोके । त्यहीबेला डीएसपी केसी चढेको गाडीले बाटो छेक्यो । प्रहरी जवान राना हतार हतार सनमको शव भएको गाडीबाट प्रहरीको गाडीतर्फ गए ।

डीएसपी केसीले प्रहरीको गाडीबाट बाहिर आएर सनमको शव भएको गाडीको चेकजाँचको नाटक गरे । डिकीमा सनमको शव थियो ।

‘वरिपरि मानिसहरुको भिडभाड बढिसकेको थियो । हामीलाई गाडीमा राख्ने समयमा डिएसपी प्रजीत केसीले जिल्ला प्रहरी कार्यालय मोरङमा फोन गरेर गाडीमा लास फेला परेको र मानिसहरुको समेत भीडभाड भएको हुनाले थप प्रहरी आवश्यक पर्‍यो भनी प्रहरी बोलाए’ टेकराजको वयानमा भनिएको छ ।

अपराध महाशाखाको टोलीले टेकराज, नरेन्द्र र मोहनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाएर   पठायो । त्यसअघि सई बालकृष्ण सञ्जेलले ‘हामीले केही गर्न सकेनौं, अब कसलाई बचाउने र कसलाई नबचाउने तिम्रो हातमा छ’ भनेको मल्लले वयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको योजना : प्रतीक्षालयदेखि टोकन प्रणालीसम्म तत्काल सुधारको लक्ष्य

रास्वपा पदाधिकारीमा संस्थापन पक्षका ६ जना मनोनीत, बालेन पक्षबाट नाम आउन बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Stars and Stripes Editor Fired Amid Concerns Over Editorial Independence

Myanmar Military Strike Kills At Least 14 at Buddhist Monastery

China Issues Blue Alert as Typhoon Koinu Forms in South China Sea

बाढीपहिरोभन्दा घातक बन्दै सर्पदंश : तीन महिनामै ६६ जनाको मृत्यु, गाउँघरमा फैलिँदै ‘मौन विपत्ति’

विदेशी मुद्रा बजारमा मिश्रित उतारचढाव, डलर र युरो सस्तिँदा पाउन्ड महँगियो

चिनीको हात्तीबाट जनकविसम्म : दुर्गालाल श्रेष्ठसँग जोडिएको एउटा पुस्ताको स्मृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu