ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुको बन्द, कम्पनीमा आबद्ध भएका सवारीसाधन सेवा दिन तयार


एबीसी न्यूज
२० बैशाख २०७५, बिहिबार   ६ : १६   बजे
काठमाडौँ, २० वैशाख ।  कम्पनीका नामबाट संचालित सवारीसाधनले आफ्नो सेवालाई शुक्रबार निरन्तरता दिने भएका छन्।

विभिन्न समितिमा आबद्ध सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले भोलि शुक्रबार सवारीसाधन बन्द गर्ने निर्णय गरेका बेला कम्पनीमा आबद्ध भएका सवारीसाधन सेवा दिन तयार भएका हुन्।

यातायात व्यवस्था विभागसँग भएको छलफलमा विभिन्न यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता जनाएका हुन्। सिन्डिकेट विरुद्ध सरकारी निर्णयको विरोध गर्दै आएका समिति आवद्ध व्यवसायीहरुले भोलि सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै विभागले कम्पनीमा दर्ता भएका व्यवसायी र ट्राफिक प्रहरीसँग गाडी संचालनका सम्वन्धमा छलफल गरेको थियो।

छलफलका क्रममा व्यवसायीहरुले पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सवारीसाधनमाथि तोडफोड भएमा त्यसको तत्काल क्षतिपूर्ति दिलाइनुपर्ने माग गरे। आवश्यक परेको खण्डमा संचालन हुने सवारीसाधनमा हतियारसहितका सुरक्षाकर्मीहरु समेत परिचालन गर्ने विभागले जनाएको छ।

विभागका निर्देशक तिर्थराज खनालले आफूहरु सुरक्षा दिन तयार रहेको बताउँदै निर्वाध रुपमा सवारी साधन संचालन गर्न आग्रह गरे। बन्द भएका समितिका काउन्टरहरु कम्पनीहरुलाई दिनेगरी सरकार अघि बढेको उनले बताए।

‘समितिका काउन्टरहरु बन्द गरिएमा, ति काउन्टरहरु कम्पनीलाई दिएर यातायात व्यवस्थापन गर्ने हाम्रो तयारी छ’ उनले भने।

कम्पनी आबद्ध यातायात व्यवसायीहरुले आफूहरुलाई पहिलेदेखि नै विभिन्न समूहबाट धम्की आउने गरेको गुनासो गरेका थिए। टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव कृष्ण आचार्यले विभिन्न समूहबाट धम्की आएको बताउँदै सुरक्षा व्यवस्था बलियो बन्नुपर्नेमा जोड दिए। ‘जुनसुकै बेला, जहाँसुकै हाम्रा सवारीसाधनमाथि आक्रमण हुन सक्छ, त्यसकारण सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्छ, हामी सवारीसाधन संचालनका लागि तयार छौँ’ आचार्यले भने।

कम्पनीमा दर्ता भएका सवारीसाधन संचालनका लागि शुक्रबार कुनै रुट पर्मिटको जरुरत नपर्ने विभागले स्पष्ट पारेको छ।  रुकुम यातायात प्रालिका अध्यक्ष केशव रावलले कतिपय समितिका गाडीहरु समेत संचालनका लागि इच्छुक रहेको बताउँदै सरकारले ति सवारी संचालनका लागि पनि पहल गर्नुपर्नेमा जोड दिए।

यी हुन् संचालनमा आउने यातायात कम्पनीहरु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३० दिनभित्र सरकारी सेवा सुधार्ने सरकारको योजना : प्रतीक्षालयदेखि टोकन प्रणालीसम्म तत्काल सुधारको लक्ष्य

रास्वपा पदाधिकारीमा संस्थापन पक्षका ६ जना मनोनीत, बालेन पक्षबाट नाम आउन बाँकी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Stars and Stripes Editor Fired Amid Concerns Over Editorial Independence

Myanmar Military Strike Kills At Least 14 at Buddhist Monastery

China Issues Blue Alert as Typhoon Koinu Forms in South China Sea

बाढीपहिरोभन्दा घातक बन्दै सर्पदंश : तीन महिनामै ६६ जनाको मृत्यु, गाउँघरमा फैलिँदै ‘मौन विपत्ति’

विदेशी मुद्रा बजारमा मिश्रित उतारचढाव, डलर र युरो सस्तिँदा पाउन्ड महँगियो

चिनीको हात्तीबाट जनकविसम्म : दुर्गालाल श्रेष्ठसँग जोडिएको एउटा पुस्ताको स्मृति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu