ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सनमकी गर्लफ्रेन्ड भन्छिन्: सनमलाई ३ जनाले लुट्ने योजना थियो, लुटिने सूचना गोरेले पाइसकेका थिए


admin
२१ बैशाख २०७५, शुक्रबार   १ : २८   बजे

काठमाडौं, २१ वैशाख । ३३ किलो सुन तस्करी प्रकरणमा सुनसरीमा हत्या गरिएका सुन व्यापारी सनम शाक्यको प्रेमिका निशा सेन ठकुरीले बयानका क्रममा शाक्यलाई ३ जनाले लुट्ने योजना बनाएको बताएकी छन् । प्रहरी हिरासतमा रहेकी ठकुरीले बयानका क्रममा रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएको खुलासा गरेकी छन् ।

त्यसमध्येका रमेश श्रेष्ठलाई सनम र निशाको सम्बन्धबारे सबै कुरा थाहा भएको उनले बयान दिएकी छिन । त्यो योजना बन्नुअघि महानगरीय अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सञ्जेलसँग निशाको भेट भएको थियो ।

उनलाई रोशनले सञ्जेलसँग चिनजान गराएका थिए । पछि सञ्जेलले नै त्यो योजनाबारे नाइके चुडामणि उप्रेती ‘गोरे’लाई सूचना दिएको उनले बयान दिएकी छन् ।

सनम शाक्यकी प्रेमिका भन्छिन् लुटिने सूचना गोरेले पाइसकेका थिए । निशाले प्रहरी समक्ष दिएको बयान जस्ताको तस्तै-

मेरो गत २८ साउनमा पटक दबारमार्गस्थित आइ क्लबमा सनम शाक्यसँग चिनजान भएको थियो । त्यहाँ म मोडलिङ गर्न गएको थिएँ । उनीसँग चिजान हुँदा सनम शाक्यका साथी मोहन लगायत ४र५ जना थिए । त्यो दिन उसले मेरो फोन नम्बर मागेर लगेका थियो । त्यस समयपछि उनी र मेरो फोन तथा म्यासेजमा कुरा हुन थाल्यो ।

हामी नजिक हुँदै गयौं, मैले तपाईको घर कहाँ हो भनी सोध्दा मोरङको उर्लाबारी हो भनेको थियो । हाल काठमाडौंको हाडीगाउँमा डेरा गरी बस्छु भन्नु हुन्थ्यो । उसले मेरो कोठा जाउँ भनेकाले म हाडीगाउँ पनि गएको थिए, सनम साथीहरुसँग बस्दा रहेछन् ।

पछि थाहा पाएँ, गोरे भन्ने चुडामणि उप्रेतीले उनीसँग काम गर्ने मानिसहरुलाई राख्नका लागि उक्त घरको कोठा भाडामा लिएका रहेछन् । त्यस कोठामा जाँदा कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, भविन राई, रुस्तम मिया समेतलाई देखेकी हुँ ।

सनमसँग घुम्न जाने क्रममा दशैंको २ दिन अगाडी म, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र कृष्ण बस्नेत गइ २ दिन जति धरानमा बस्यौं, घुम्ने क्रममा म सनमको गाउँ उर्लाबारीसम्म पनि गएको थिएँ ।

तर, सनमको घरमा गइन, दशैंको टिकाको दिन मेरो आमाको जन्मदिन भएकोले म प्लेनबाट काठमाडौं आए । काठमाडौं आएपछि ठमेलको होटल बडीमा आमाको जन्मदिन मनायौं । त्यो पार्टीमा मेरो साथीहरु रोशन श्रेष्ठ, आकाश लामा, दिदीको साथी रमेश श्रेष्ठ लगायत अफिस स्टाफ तथा आमाका साथीहरु समेत थिए ।

त्यसपछि पार्टी सकेर हामीहरु सबै ठमेलको फेसेस लन्ज एण्ड बार (क्लब) मा गयौं । त्यहाँ जुस खाएर बसी रहेको समयमा मेरो मोबाइलमा सनमले भिडियो कल गरेको थियो । र, म साथीहरुबाट छुटेर तल झरेर सनमसँग कुरा गर्न थालेँ । त्यो क्रममा पार्टीमा निम्त्याइएका साथीहरु मध्ये रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा बीचमा छुट्टै कुराकानी भएको रहेछ ।

रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन् । उनीहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसँग मेरो दरबारमार्गमा बालकृष्ण सञ्जेलसँग भेट भएको थियो

मेरो फोनको वाल पेपरमा मेरो र सनमको फोटो देखेपछि रमेश श्रेष्ठले यो मान्छेलाई चिन्छु भनेर भनेका थिए । अनि, मैले कसरी सनमलाई चिन्नु भयो भनि सोध्दा रमेशले म आफैं पनि सनमहरुसँग काम गरेको तर अहिले छाडेको कुरा भनेका हुन् ।

रमेशले मलाई सनमको बारेमा धेरै थाहा नभएका कुराहरु भन्यो । त्यसपछि मैले सनमको कामको बारेमा थाहा पाएकी हुँ ।

त्यसपछि मैले सनमलाई मन चोर्ने उद्देश्यले सोध्दा सनमले हो, म सुन तस्करीको कारोबार गर्छु भनेको थियो । सनमले तँलाई कसरी थाहा भयो भनि मलाई सोध्दा मैले रमेशले भनेको भनेकी हुँ ।

रमेशको नाम लिँदा मैले मेरो मोबाइलमा भएको फोटो देखाउँदा उसले यो टेकराज मल्लको सालो हो भनेका थिए । फेसेज लन्चमा ती तीन जनाको बीचमा कुरा भएको समयसम्म म अन्जानमा थिएँ, तर, रमेश श्रेष्ठलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा रहेछ ।

रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन् । उनीहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसँग मेरो दरबारमार्गमा बालकृष्ण सञ्जेलसँग भेट भएको थियो ।

त्यहाँ कुरा हुँदा सञ्जेल इकाउन्टर इस्पेसलिस्ट हो भनि मलाई रोशन श्रेष्ठले दरबारमार्गमा भएको बेक्स ऐन्ड केक्स पसलमा चिनजान गरायो ।

उनीहरुको प्लान सफल हुनुभन्दा अगाडी सञ्जेलले यो कुराहरु गोरेसँग पुर्‍याएको थियो । त्योसँगै मेरो केही तस्विरहरु पनि सञ्जेलमार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणि उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए ।

त्यसपछि गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाइ दिउँ भनेर भनेको कुरा सनमले मलाई भनेको थियो । र, सनमले मलाई अलि होस गरेर हिड्नु भनेका थिए ।

सो घटनापछि हाडीगाउँस्थित सनम र अन्य साथीहरु बस्ने घरबाट सबै सामानहरु निकाली गोरे समेतले सो घर छाडेका थिए, सनम र म समेत दशैंमा धरान घुम्न गएको समय देखिनै सनम काठमाडौं आएका थिएनन् ।

प्रायः म नै उसलाई भेट्न प्लेनबाटै बिराटनगर भेट्न जाने गर्दथे । सनम पूर्व रहेको बेला मैले उसलाई यो काम नगर्नु भनि सम्झाउने गरेको थिएँ । तर, उसले मलाई यो काम छाड्न केही समय लाग्छ तत्काल छाड्न मिल्दैन भन्ने गरेका थिए ।

उसको दाइ भनिएका गोरे भन्ने चुडामणि उप्रेतीकै कुरा मान्ने गरेका थिए, मैले भनेको नमानेकोले मेरो र सनमको विवाद पनि भएको थियो । फेरि केही समय पछि सनम विवाहित हो भनि मैले थाहा पाएपछि मैले सनमसँग कुनै सम्पर्क गरेको थिइन ।

उसले नै मलाई सम्पर्क गर्न खोज्थ्यो । तर, उसको फोन पनि उठाउँदिन थिएँ । तर, पछि मेरो र सनमको Whatsapp मा कुराकानी भयो ।

केही समयपछि सनम भारतबाट दुबई गएको कुरा मलाई सनमले भनेका थिए । त्यसपछि सनम क्रिस्मस डेको दिन डिसेम्बर २५ तारिक नेपाल आएका थिए । त्यो दिन मलाई भविन राई लिन आएकोले म र भविन सनमलाई लिन एयरपोर्ट गएका थियौँ ।

हामी बीच भेटघाट भइ कुराकानी पश्चात सनम भोलिपल्ट बिराटनगर प्लेनमा गएका थिए, ऊ बिराटनगर गएको भएता पनि सनमसँग मेरो कुराकानी भइरहन थाल्यो ।

यस्तैमा सनम जनवरी २३, २०१८ मा बुद्ध एयरबाट बेलुकी ५ः३५ मा टिकट नं.७०५०३९४ बाट काठमाडौं आएको थियो ।

म उसलाई लिन एयरपोर्ट गएकी थिएँ, त्यसपछि हामी बागबजार आएर होटलमा बस्यौं, त्यो पटक सनम काठमाडौं आएको कुरा कसैलाई थाहा थिएन ।

सोही राति अन्दाजी १०र११ बजेको बीचमा सनमको मोबाइलमा फोन आएको थियो । सामान लुटियो भनी गोरे भन्ने चुडामणि उप्रेतीले भनेका थिए ।

त्यसपछि सनमलाई मोहनले फोन गरेकाले सनमले म काठमाडौंमा छु भनेका थिए । त्यसपछि मोहनलाई मात्र सनम काठमाडौं आएको कुरा त्यस समयमा थाहा भएको थियो । सोको भोलिपल्ट बिहान म कलेज गएँ । सनम मोहनलाई भेट्न गएका थिए ।

बेलुकी मलार्इ लिन भविन गाडी लिएर आएको थियो । त्यस दिन राति सनम र उसका साथीहरु मोहन, भविन, टेकराज मल्ल लगायतका तिलगंगा नजिक सुनौलो इन होटलमा बसेको भएता पनि सनम बाहिरको खाना नखाने भएकोले म उसलाई खाना लिएर गएको थिएँ । त्यसवेला तिनीहरु पनि थिए ।

म पनि सनमसँगै त्यस दिन सो होटलमा पनि बसे । त्यसको २ दिन पछि गोरे भारतबाट नेपाल आएका छन् भनि मलाई सनमले भनेका थिए । गोरे नेपाल आएपछि सोही होटलमा गोरे पनि बसे । होटलमा उस्को अन्डरमा काम गर्ने कामदारहरुलाई गोरेले सुन लुटिएको बिषयमा सोधपुछ गर्दै सुन लुटिने दिन भएका उसका कामदारहरुलाई कुटपिट गरेको कुरा सनमले मलाई भनेका थिए ।

सोधपुछकै क्रममा गोरेको डरले एयरपोर्टमा सानु वन भन्ने ब्यक्तिले सुसाइड समेत गरेका थिए, त्यसपछि सनम समेत फ्रेबुअरी ३ तारिकमा गाडीमा पूर्व गएका थिए । ऊ पूर्व जानुभन्दा अगाडी मैले मेरो नामबाट उसलाई र मलाई सिम निकाली सनमलाई ९८०८०.. को दिइ मैले ८९०८०.. नम्बरको सिम चलाएकी थिएँ ।

म प्रहरीमा गइसकेपछि मलार्इ बालकृष्ण सञ्जेल सरले फोन गरी ‘यो केसको इञ्चार्ज हामी हो, टेन्सन नलिनु’ भन्नु भएको थियो

पूर्व गएपछि सनम र मेरो फोन पातलो हुन थाल्यो । उसँग सम्पर्क हुँदा म गोरे दाइसँगै छु भन्यो । फोन अलि पातलो हुन थालेको थियो । यस्तैमा फेबुअरी २८ तारिकमा बिहान ७ बजे मलाई ‘कल नगर है, म अब दाईसँग हुन्छु, १ महिना लागेपनि आफैं कल गर्छु । बोल्दा पनि नर्मल तरिकाले बोल्नु है, ल मैले कल नगरुन्जेल जति लागे पनि कल चाँही नगर है ल बुडी । रिसाइस होला ।’ भनेर म्यासेज आयो ।

तर, अहिले कल चाँही नगर्नु ल भनि उल्लेखित नम्बरमा म्यासेज गरेपछि मैले पनि कल गरिन मार्च १ तारिक होलीको दिन मैले हेप्पी होली भनि म्यासेज पठाउनुको साथै मार्च २ मा फोन गर्दा फोन लागेको थियो ।

तर, कुरा भएन । फोन उठेन । त्यपछि फोन अफ भयो । त्यसको भोलिपल्ट मार्च ३ तारिकमा मिति २०७४-१०-१९ गते बिहान ८ बजे प्रहरी आएर मेरो लाजिम्पाटस्थित कोठामा खानतलासी गर्‍यो । र, साढे ३३ केजी सुन कहाँ छ रु भनि सोधपुछ गर्न थाल्यो ।

त्यसपछि सोधपुछका लागि मलाई अपराध महाशाखा लगी सोधपुछ गर्ने क्रममा सनमको हत्या भइसकेको कुरा मैले थाहा पाएकी हुँ । म प्रहरीमा गइसकेपछि मलाइ बालकृष्ण सञ्जेल सरले फोन गरी यो केसको ईञ्चाज हामी हो, टेन्सन नलिनु भन्नु भएको थियो ।

त्यसको १ हप्ता पछाडि सञ्जेल सर र मेरो दरबारमार्गमा भेट भएको थियो, सनमको मृत्यु भइसकेको कुरा थाहा पाएपछि मैले सनमको श्रीमतीलाई फोन गरी सनमको छोरी दिप्सालाई पढाइ दिन्छु भनेकी थिएँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu