ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मदै फुटेको राप्रपा बारम्बार किन फुट्छ ?


admin
२४ श्रावण २०७४, मंगलबार   १० : ४५   बजे

काठमाडौं, २४ साउन । हाम्रो देशमा पार्टी बन्ने र फुट्ने श्रृङखला नौलो होइन । ठूलै ढोङ सहित पार्टी स्थापना हुन्छ । तर, केही समय पछि विभाजन हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भने निक्कै रोचक छ । किनकी, राप्रपा जन्मदै जुम्ल्याहा पार्टी हो । पञ्चायती व्यवस्था ढले लगत्तै पूर्व पञ्चहरुको पार्टीको रुपमा २०४७ सालमा राप्रपा बनाउने कसरत सुरु भयो ।

एकै दिन एउटै नाममा दुई अध्यक्ष भएको पार्टी घोषणा भयो – राष्ट्रिय प्रजातन्त्र पार्टी । एउटा पार्टीको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्को पार्टीको नेतृत्व लोकेन्द्र बहादुर चन्दले । पछि निर्वाचन आयोगमा नामाङ्कन भयो, राप्रपा–थापा र राप्रपा–चन्द । यसरी जुम्ल्याहा जन्मेको राप्रपाको राजनीतिक जीवन एकता विभाजन , पेरि एकता र फेरि विभाजनमा गुज्रेको छ । र, फेरि एकपटक राप्रपा फुटेको छ । रोल…

राप्रपा जन्मदै जुम्ल्याहा
२०४६ सालको आन्दोलनले पञ्चायती व्यवस्था ढालेपछि पूर्व पञ्चहरुका लागि पनि पार्टी चाहियो । दरवारसँग नजिक रहने र दरवारले प्रयोग गर्ने दुई धार थिए । लोकन्द्रबहादुर चन्द दरवारका प्रिय थिए भने सूर्यबहादुर थापा दरवारकालागि आवश्यक । पटक पटक प्रयोग भएका सूर्यबहादुर थापा २०४० सालमा अबिश्वासको प्रस्तावबाट प्रधानमन्त्रीबाट हटाइदेखि सूर्यबहादुर दरवारबाट केही टाढिएका हुन् ।

पञ्चायतमा देखिएका धारलाई समात्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नामका दुई पार्टी एकै दिन घोषणा गरिए । यो दिन थियो, २०४७ जेठ १७ गते । एउटा समूहको नेतृत्व सुर्यबहादुर थापाले गरेका थिए भने अर्को समूहको नेतृत्व लोकेन्द्रबहादुर चन्दले । तर दुई पार्टी एउटै नाममा चल्न सम्भव थिएन । एउटै नाममा दुई पार्टी बन्ने भएपछि निर्वाचन आयोगले पार्टी अध्यक्षको थर पार्टीको नाम पछि थपिदियो ।

दुई पार्टीको नामाङ्कन भयो : राप्रपा–थापा र राप्रपा–चन्द । सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपाले चुनाव चिन्ह गाई पायो भने लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले हलो । दुबै पार्टी २०४८ को निर्वाचनमा सहभागी भए । तर, दुबै पार्टीको लज्जास्पद हार भयो । राप्रपा–थापाले १ र राप्रपा–चन्दले ३ सीट मात्र जित्यो ।

एकतापछि निर्णायक शक्ति
२०४८ सालको निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि दुई राप्रपाबीच एकता भयो । दुई पार्टी एक भएपछि चाहिँ राप्रपा निर्णायक शक्तिको रुपमा उदायो । पार्टी एकतापछि २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो । २० सिट जितेको राप्रपा तेस्रो शक्तिको रुपमा स्थापित भयो । पार्टी एकतापछि तेस्रो शक्ति भएकै बेला नेकपा एमालेको समर्थनमा पहिलो पटक राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पायो ।

पुराना पञ्चहरु बहुदलको छैठौं वर्षमा नै प्रधानमन्त्री भएर उदायो । सरकारको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरे । चन्दको सरकार ढलेपछि राप्रपाकै नेतृत्वमा सरकार गठन भयो । नेपाली कााग्रेसको समर्थनमा सरकारको नेतृत्व सूर्यबहादुर थापाले गरे ।

सत्तारोहणपछि  दुई टुक्रा
राजनीतिको उच्चतम विन्दु सत्ता नै हो । तर, सत्तामा पुगेपछि राजनीतिक दलमा फुट हुनु नेपाली राजनीतिमा परम्परा जस्तै बनिसकेको छ । राप्रपाले पनि यो परम्परालाई निरन्तरता दिइरहेको छ । पहिलोपटक लोकन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनेपछि राप्रपामा विवाद सुरु भयो । त्यही विवादले चन्द नेतृत्वमा बनेको सरकार ढालेर थापाको नेतृत्वमा सरकार बन्यो । पछि थापा नेतृत्वको सरकार पनि विवादकै कारण ढल्न पुग्यो । सत्तारोहण पछि सुरु भएको विवाद २०५४ सालमा फुटमा परिणत भयो । लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा राष्ट्रवादी गठन भयो ।

फुटपछि फेरि हार र अनि एकता
विभाजनमा हार र एकतामा जीत सर्वमान्य जस्तै हो । राप्रपाको जीवनमा यो सिद्धान्त बारम्बार लागु भएको छ । सत्तारोहणपछि फुटेको राप्रापा फेरि पराजित भयो । २०५६ सालको निर्वाचनमा दुबै राप्रपा सहभागी भए ।

सूर्यबहादुर थापाले नेतृत्व गरेको राप्रपाले ११ सिट जित्यो । तर, लोकेन्द्रबहादुर चन्द पक्षको राप्रपा भने शुन्य भयो । पार्टी विभाजनपछि दुबै राप्रपाको अवस्था नाजुक भयो । त्यसपछि २०५६ सालमै फेरि दुई राप्रपाबीच एकता भयो । तर, २०५६ सालको एकता मार्फत राजेश्वर देवकोटाले एक समूह उछिट्याए । उनको समूहको नाम राप्रपा राष्ट्रवादी रह्यो ।

ज्ञानेन्द्रको शाही कदमपछि दुई प्रधानमन्त्री
२०५६ सालको निर्वाचनपछि एक भएको राप्रपामा फेरि उत्तरचढाव आयो । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते शाही कदम सुरु गरेपछि राप्रपामा फेरि अन्तरविरोध चुलियो । ज्ञानेन्द्रको पालामा लोकेन्द्रबहादुर चन्द ८ महिने प्रधानमन्त्री भए । चन्द प्रधानमन्त्री रहेकै बेला २०६० सालमा राप्रपाको महाधिवेशन सम्पन्न भयो ।

महाधिवेशन मार्फत पशुपतिशम्शेर राणामाले राप्रपाको नेतृत्व सम्हाले । सूर्यबहादुर थापा भूमिकाविहीन भए । तर, ज्ञानेन्द्रको आशिर्वादमा सूर्यबहादुर थापा फेरि प्रधानमन्त्री भए । तर, थापा नेतृत्वको सरकार सात महिनामै ढल्यो ।

शाही कदलमले फेरि फुट
पार्टीमा भूमिकाविहीन भए पनि प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले आफ्नो नेतृत्वको सरकार ढलेपछि बृहत राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे । यो समितिमा कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेता थिए । तर, कमल थापा भने फेरि पशुपति शम्शेर राणाको गुटमा फर्किएर महामन्त्री बन्ने ।

लगत्तै कमल थापाले २०६१ माघ १९ मा ज्ञानेन्द्रको शाही कदम समर्थन गरेपछि राप्रपा फेरि फुटको संघारमा पुग्यो । शाही कमदमलाई समर्थन गरेपछि २०६२ मा कमल थापा ज्ञानेन्द्र सरकारको गृहमन्त्री बने । शाही कदमको समर्थनपछि राप्रपामा विवाद उत्पन्न भयो । लगत्तै कमल थापाले २०६२ सालमा विशेष महाधिवेशन बोलाएर राप्रपा नेपाल गठन गरे । सूर्यबहादुर थापाले भने राष्ट्रिय जनशक्ति पार्टी बनाए ।

दोस्रो जनआन्दोलनपछि पूर्व पञ्चहरु फेरि एक ठाउँमा
२०६२/६३ को जनआन्दोलन चलिरहेको बेला राप्रपाका नेतृत्व तीन शक्तिमा विभाजित थिए । पशुपति शम्शेर राणाको नेतृत्वमा राप्रपा, सुर्यबहादुर थापाको नेतृत्वमा राष्ट्रिय जनशक्ति पार्टी र कमल थापाको नेतृत्वमा राप्रपा नेपाल थियो । तीनै पार्टीले २०६४ सालको संविधानसभा निर्वाचनमा सहभागीता जनाए । तर, तीनै पार्टीको बेहाल भयो । राप्रपाले आठ, राप्रपा नेपालले चार र जनशक्तिले तीन सिट मात्र जित्यो ।

त्यसपछि भने पूर्व पञ्चहरुको एकता प्रकृया फेरि सुरु भयो । २०६९ सालमा जनशक्ति र राप्रपाबीच एकीकरण भएपछि राप्रपा बन्यो । त्यसपछि राप्रपाको नेतृत्व पशुपति शम्शेर राणाले पार्टीको नेतृत्व पाए । तर, विवाद भने रही नै रह्यो । यतिकैमा दोस्रो संविधानसभाको निर्वाचन भयो ।

प्रत्यक्ष निर्वाचनमा एक सीट पनि हात नपारेको दोस्रो संविधानसभामा समानुपातिक मतका आधारमा कमल थापा शक्तिमा आए । कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिक तर्फ २५ सिट जित्यो । तर, राप्रपाले भने १३ सिट मात्र जित्यो ।

सूर्यबहादुर थापाको निधन भएपछि २०७३ साल कातिक ३० गते राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पूर्व पञ्चहरु फेरि एक भए । एकता महाधिवेशनपछि कमल थापा अध्यक्ष निर्वाचित भए । तर, नेता प्रकाशचन्द्र लोहनी भने २०५४ सालमा लोकेन्द्रबहादुर चन्दले गठन गरेको राप्रपा राष्ट्रवादीलाई निरन्तरता दिदै बाहिरिए । तर, २०७४ साल साउन २२ गते फेरि राप्रपा फुटेको छ । पशुपति शम्शेर राणाको नेतृत्वमा फेरि राप्रपा प्रजातान्त्रिक गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group