ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण एग्रो इन्डस्ट्रिजमाथि मुद्दा दायर


admin
२६ बैशाख २०७५, बुधबार   ६ : ३१   बजे

भैरहवा, २६ वैशाख । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन रहेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन रहेको पाइएपछि मुद्दा दायर गरिएको हो ।

एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने गर्दछ । उत्पादित दाना मापदण्डभन्दा कमसल भएपछि कारबाहीका लागि मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालय भैरहवाले जानकारी दिएको छ ।

यस एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दाना काठमाडौँ, पोखरा, चितवन, हेटौँडा, रुपन्देहीलगायतका जिल्लामा जाने गरेको छ ।

देशका विभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहीन देखिएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारी गुणस्तरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको कानूनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवानाका साथै एक वर्षसम्मको कैदको व्यवस्था गरेको छ भने यसै कसूरमा कालोबजारी ऐनअनुसार दुई वर्षसम्मको कैद हुने प्रावधान रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को वैशाखसम्म क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले १० वटा उद्योगलाई गुणस्तरहीन र लेबल बिनाको पाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन उत्पादन गरेको र लेबल नलगाएका २५ वटा उद्योग अनुसन्धानको प्रक्रियामा रहेको कार्यालय प्रमुख हस्तबहादुर राईले जानकारी दिनुभयो ।

राईकाअनुसार रुपन्देही, तनहँु र पोखराका उद्योग कारबाहीका लागि मुद्दा दायर गरिएको, दुई दर्जन उद्योग अनुसन्धानको प्रक्रियामा रहेको र बजार अनुगमनलाई तीब्रताका साथ अगाडि बढाइएको छ ।

कार्यालयले रुपन्देहीमा सञ्चालित प्रसिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाइनरी तथा आयल इन्डस्ट्रिज, दुर्गा मोर्डन आयल मिल, साई प्याकेजिङ उद्योगलाई समेत कारबाहीका लागि मुद्दा दायर गरेको खाद्य अधिकृत नीरज कटुवालले जानकारी दिनुभयो ।

कार्यालयले सुजल डेरी प्रालि पोखरा र प्रेमबहादुर गुरुङ टेड्रस तनहँुमाथि समेत मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu