ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल


admin
२७ बैशाख २०७५, बिहिबार   १२ : ५४   बजे

काठमाडौं, २७ वैशाख । आगामी आर्थिक वर्ष २०७५/२०७६को बजेटको सिद्धान्त र प्राथमिकता माथि संघीय संसदमा छलफल सुरु भएको छ ।

बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गरेपछि विहिबारदेखि त्यस माथिको छलफल सुरु भएको हो । कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै राष्ट्रिय सभाका सदस्यहरुले कृषिको आधुनिकीकरण, चुरे संरक्षण लगायत क्षेत्रलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य बलराम प्रसाद बास्कोटाले आर्थिक रुपले श्वेतपत्र जारी गर्ने बेलामा मुलुकको आर्थिक अवस्थाको चित्रण गरेको भए पनि यो प्रस्तुत गर्दै गर्दा अलिेकती लरबरिएको र खुटा टेक्न नसकेको हो कि भन्ने अनुभुति दिएको बताउनुभयो ।

त्यसैगरी राष्टिय सभा सदस्य राधेश्याम अधिकारीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सार्वजनिक र निजी विद्यालयबीचको गुणस्तर उकास्ने भनिएको भएपनि त्यसको आधार प्रस्तुत नभएको, व्यवसायिक कृषिमा जोड दिईएको भएपनि कृषिमा आकर्षणको केन्द्रको व्याख्या र प्राथमिकता नदिएको भन्दै थप स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । कृषि किन विकर्षणको केन्द्र भएको छ भन्ने विषयको जरो सम्म पुग्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले नदीको डायभर्सन गर्ने विषय अति उत्तम रहेको भन्दै प्रसंम्सा गर्नुभयो ।

जीवन बुढाले नेपालको हिमाल र पहाडी भुभाग संघीयताको बजेटको प्राथमिकतामा नपरेको भन्दै भुगोललाई आधार बनाएर बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने तर्क गर्नुभयो । यही स्वरुपमा बजेट ल्याएमो आधा नेपालको बजेट हुने र आधार नेपाल र नेपालीका लागि मात्रै संघियता हुने भन्दै पुरै नेपालले महसुस गर्ने गरि बजेट विनियोजन गर्न माग गर्नुभयो ।

त्यसैगरी रापप्रित पासवानले भने जनसंख्यालाई मुख्य आधार बनाएर मात्रै बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । विकास भुगोललाई नभई जनसंख्यालाई आवश्यक पर्ने भन्दै उहाँले त्यसैको आधारमा बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्ट्रियसभा सदस्य रमेश प्रसाद यादवले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा चुरे संरक्षणको विषय नआएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षा संगै वातावरण संरक्षणका लागि चुरेको संरक्षण हुनु जरुरी रहेको बताउनुभयो । चुरेको संरक्षण नभए तराईको अन्न भण्डार सखाब भएर मरुभुमिमा परिणत हुने भन्दै चुरे संरक्षणलाई छुट्टै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group