ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलालले गर्दा भूमि व्यवस्थापनको समस्या जटिल : मन्त्री खनाल


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   ६ : ४६   बजे

काठमाडौं, ३० वैशाख – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले नेपालमा भूमि व्यवस्थापनको समस्या जटिल बन्दै गएको बताएका छन् ।

हिमाल र पहाडबाट बसाई सरेर तराईमा झर्ने र तराईको जग्गामा घरघडेरी र प्लटिङ गर्ने यो समस्या थप जटिलता थपेको उनको भनाई थियो । नेपालको भूमि दलालको हातमा पुगेको भन्दै मन्त्री खनालले भूमिको समस्या समाधान नगरेसम्म कृषिको समस्या समाधान गर्न मुस्किल पर्ने बताए । त्यसका लागि सरकारले माथिबाटै कदम चाल्नु पर्ने उनको भनाई छ ।

खेती गर्ने किसानलाई प्रोत्साहन र बाँझो राख्नेहरुको जग्गा सरकारले नियन्त्रणमा लिनु पर्ने उनले बताए । सरकारले राम्रोसँग बाँझो राख्नेहरुको जमिन नियन्त्रणमा लिन नसके आयात गरेर खानुको विकल्प नरहुने र त्यस्ले उत्पादकत्व झन घटाएर परनिर्भरता बनाउने उनको भनाई छ ।

त्यसका लागि इजरायलबाट धेरै सिक्नु पर्ने कुराहरु रहेको मन्त्री खनालले बताए । इजरायलमा भएको २० औं अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी ‘एग्रीटेक २०१८’मा सहभागि भएर स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले मौसम र माटो पनि राम्रो नभएको देशले कृषिमा निक्कै राम्रो प्रगती गरेको भन्दै यान्त्रीकीकरण के हो भनेर इजरायलबाट सिक्नु पर्ने बताए ।

मन्त्री खनालले इजराली समकक्षी उरी एरियलसँग भएको भेटमा प्राथमिकता निर्धारण गरेर आधुनिक कृषिका लागि नेपाललाई सहयोग गर्न आग्रह गरेको बताए ।

उनले सातवटै प्रदेशमा एक एक वटा सामुदायीक कृषि प्रणाली (पहिले कुनै एउटा प्रदेशमा शुरु गरिहाल्न), इजरायलका अनुभव प्राप्त कृषि विज्ञलाई नेपाल बोलाएर प्राविधिक तालिम दिन र कुटो कोदालोदेखि उच्च प्रविधिसम्म नेपालमै के कस्तो प्रविधि अपनाउन सकिन्छ भनेर सिकाउन आग्रह गरेको बताए ।

उक्त प्रस्तावमा इजरायल सरकार सकारात्मक भएको भन्दै छिट्टै सम्झौता पत्र (एमओयु)मा हस्ताक्षर हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Two Killed in Bus-Motorcycle Collision in Chitwan

Iran Claims Victory as Strait of Hormuz Closure Prompts Alternative Route Discussions

Berlin Wall’s Enduring Impact: One Family’s Story of Division and Reunion

Russian Strikes Kill At Least Eight Across Ukraine and Russia

Horgos, Xinjiang Emerges as Hub for Cross-Border E-Commerce with Foreign Live Streamers

गोरखापत्रको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu