ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक धरोहर काष्ठमण्डपको पुनर्निर्माण सुरु


admin
३१ बैशाख २०७५, सोमबार   ४ : १६   बजे


काठमाडौं, ३१ वैशाख ।
काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम सुरु भएको छ ।

स्थानीय जनताको सहभागितामा सोमबारबाट काष्ठमण्डप पुनर्निर्माणको काम सूरु गरिएको हो । सोमबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले क्षमा पुजा गरेपछि यसको पुनर्निर्माणको कामले औपचारिकता पाएको हो । त्यस अवसरमा मन्त्री अधिकारीले स्थानीय स्तरबाट बन्ने भएकाले काष्ठमण्डपको पुनर्निर्माण सबैभन्दा राम्रो हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनु अघि नै काठमाडौंका सबै सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना पनि अघि सार्नु भयो ।

काठमाडौं महानगरपालिकाको निगरानीमा काष्ठमण्डप निर्माणको जिम्मेवारी स्थानीयलाई दिइएको छ । यसको निर्माणका लागि आर्थिक सहयोग जुटाउनस्थानीय समितिहरुको समेत निर्माण गरिएको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको काष्ठमण्डपको पुनर्निर्माणका लागि करिव १९ करोड लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्मोहन जोशीले काष्ठमण्डप पूरानै शैलीमा बन्ने विश्वास व्यक्त गर्नु भएको थियो । सरकारले धराहर पुनर्निर्माणका लागि पनि सोमबार बोलपत्र आह्वान गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैले धराहरा पुननिर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको हो । त्यसैगरी रानीपोखरी पुनर्निर्माणको काम यही जेष्ठ १५ गतेबाट सुरु गर्ने तयारी गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको काठमाडौंका सम्पदाहरुको पुनर्निर्माणको कामलाई सरकारले अव तीव्र गतिमा अघि बढाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu