ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानिय तह निर्वाचनको एक वर्ष पूरा: अपराधीक मुद्धामा मुछिएका यी जनप्रतिनिधि


admin
१ जेष्ठ २०७५, मंगलबार   ३ : २७   बजे

काठमाडौं, १ जेठ । लामो समयपछि भएको स्थानीय तहको निर्वाचनको एक वर्ष पूरा भएको छ। यी समयमा विभिन्न विषय चर्चामा रहे । जनप्रतिनिधिहरु स्थानिय तहमा निर्वाचित भएर गएपछि विकासका कामहरुले पनि अग्रता लिएको छ । तर तीमध्येका केही जनप्रतिनिधिहरु यस्ता निक्लिए जो अपराधीक क्रियाकलापमा संलग्न रहेका कारण यो एक वर्ष चर्चामा रहे । अपराधीक मुद्धामा र विवादमा तानिएका जनप्रतिनिधिहरु-

मेयर सियाराम कुशवाहा, हत्या प्रकरणको आरोप

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई गत बिहीवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गर्यो। हिन्दु युवासंघ वीरगंजका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या प्रकरणमा मेयर कुशवाहालाई पक्राउ गरिएको हो ।

तिवारीको २०६७ असार १२ गते वीरगंज मसानघाट शिव पार्वती मन्दिर नजिकै हत्या भएको थियो। हत्यामा मेयर कुशवाहको संलग्नता नदेखिएको भन्दै गत फागुनमा जिल्ला अदालत बाराले दिएको सफाइ उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवाहालाई जन्मकैदको सजाय सुनाएको छ ।

कुशवाहा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनले स्थानीय तह निर्वाचनमा ४ हजार १६३ मत प्राप्त गरी जित हासिल गरेका थिए। उनी पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिवसमेत थिए।

वडा अध्यक्ष सुनबहादुर तामाङ, मानव बेचविखनको आरोप

दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीका वडा अध्यक्ष तामाङविरुद्ध नुवाकोट जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्दा विचाराधीन छ। उनी विरुद्ध २०६८ अशोजमा सुन्तली तामाङले अदालतमा मुद्दा हालेकी थिइन्।

गत पुसमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले वडा अध्यक्ष तामाङलाई पक्राउ गरेको थियो। तर, वैशाख ६ गते सर्वोच्च अदालतले निलम्वित वडा अध्यक्ष तामाङलाई छोड्न आदेश दिएको थियो। नाम र ठेगाना नमिलेको भन्दै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले छोड्न आदेश दिएको हो।

तर, सर्वोच्चको आदेशले छुटे लगतै उनलाई पुन अर्को मुद्धामा पक्राउ गरिएको थियो। उनलाई हाल नुवाकोट कारागारमा राखिएको छ ।

गत वर्षको वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तामाङ नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

वडा अध्यक्ष झकबहादुर कुमाल, बलात्कार काण्डको आरोप

तनहँ घिरिङ गाँउपालिका ४ का वडा अध्यक्षमाथि बलात्कारको आरोप लागेको छ। वडा अध्यक्ष झकबहादुर कुमालमाथि नवलपरासीकी एक महिलाले प्रहरीमा उजुरी दिएकी छन्।

वडा अध्यक्ष राजकुमार पौडेल, सुन तस्करीमा संलग्न

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गत भदौमा बरामद गरेको १६ केजी सुन प्रकरणमा भोटेकोसी गाँउपालिका अध्यक्ष राजकुमार पौडेल पक्राउ परे। उनी स्थानीय तहमा माओवादीबाट निर्वाचित भएको केही महिनादेखि नै बिदामा बसेका थिए। पौडेलले रसुवाको केरुङ नाकाबाट सुन तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। व्यूरोले भदौमा सात करोड रुपैयाँ बराबरको सुन सहित सात जनालाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौका ३९ वर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह रहेका छन् त्यस प्रकरणमा समातिएका थिए।

वडा अध्यक्षद्धव, कार्यालयमा मदिरामा मस्त भएपछि पक्राउ

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई दिउँसै मदिरा सेवन गरेर कार्यालय जाने गरेको र होहल्ला गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

त्यस्तै झापा मेचीनगर नगरपालिका २ का वडा अध्यक्ष तिलक न्यौपानेलाई पनि मदिरा पिएर कार्यालयमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

न्यौपाने स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट १ हजार १ सय १८ मत प्राप्त गरी विजयी भएका थिए।

वडा अध्यक्ष सगिर खान, कैद भुक्तानका लागि पक्राउ

बाँके डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सगिर खान कैद भुक्तानका लागि पक्राउमा परे । वन सम्बन्धी मुद्दामा खानले २६ दिन कैद भुक्तान गर्ने बाँकी भएकाले प्रहरीले पक्राउ गरेको हो। उनी स्थानीय तहको निर्वाचनमा संङघीय समाजवादी फोरम नेपालबाट विजयी भएका थिए।

उपाध्यक्ष हिमाली रोकाय, फर्जी विद्यार्थीलाई परिक्षा दिन लगाएको आरोप

जुम्ला हिमा गाँउपालिकाकी उपाध्यक्ष हिमाली रोकायको नाममा अर्कैले परीक्षा दिँदै गरेको भेटियो। उनको नाममा परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परिन्। राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायलाई पक्राउ गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu