ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा एमाले सांसदको प्रश्न- यस्ता मुख्यमन्त्रीलाई प्रशिक्षण दिने कि नदिने ?


admin
२ जेष्ठ २०७५, बुधबार   ४ : १६   बजे

काठमाडौं, २ जेठ । संघिय संसदको बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसंग स्पष्टीकरण सोध्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरिएको छ।

सत्तारुढ दल एमालेकै सांसदद्धारा मुख्यमन्त्रीसंग स्पष्टीकरण सोध्न माग गरिएको हो । एमाले सांसद निरु पालले नेपालको झण्डा बिगार्ने, रंग, आकार थाहा नहुने कर्मचारीलाई मन्त्रीले स्पष्टीकरण सोधेको प्रसंग उल्लेख गर्दै सांसद पालले मुख्यमन्त्रीलाई नै स्पष्टीकरण सोध्न माग गर्नुभयो ।

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नागरिक अभिनन्दनका क्रममा जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानविरुद्ध संघर्ष गर्नुपरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो । उँहाको यही अभिव्यक्तिलाई इंकित गर्दै सो स्पटीकरणको माग गरिएको हो ।

प्रतिनिधिसभामा सांसद पालले भन्नुभयो– ‘यस्ता मुख्य मन्त्रीलाई प्रशिक्षण दिने कि नदिने म सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।

राष्ट्रियताको सवालमा पछिल्लो समय प्रधानमन्त्रीका बारेमा विभिन्न टिका–टिप्पणी भइरहेको भन्दै उहाँले तात्कालिन समयमा भएको नाकाबन्दीलाई होइन भन्नु र प्रधानन्त्रीले सम्बन्ध सुधार्नुपर्छ भनेर मित्रराष्ट्र भारतका प्रधानमन्त्रीलाई स्वागत गर्दा लम्पसारवाद भन्नु दुवै अतिवाद हुने टिप्पणी गर्नुभयो ।

काठमाडौं धुलो र धुवाँको शहर बन्दै गएको भन्दै उहाँले पाहुनालाई बोलाएर रातारात पिच गर्नुभन्दा नागरिकका साना, मसिना समस्या सम्बोधनमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दोधारा–चाँदनी सीमामा भारतले पटक–पटक नेपालीलाई दुःख दिने गरेको भन्दै तत्काल रोक्नका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group