ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकताकै दिन ओली र प्रचण्डले किन रोपे अणुबमले मार्न नसकेको विरुवा ?


एबीसी न्यूज
३ जेष्ठ २०७५, बिहिबार   १२ : ४३   बजे

काठमाडौ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् । वृक्षारोपण गरेपछि वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको हो

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले एक–एक वटा जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् । पार्टी एकता संयोजन समितीका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए । जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ । प्रत्येक ६ महिनामा पातको रंग फेरिने यो विरुवा जापानी प्रजातिको हो । र, दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा अणुबम खसाल्दासमेत मरेको थिएन ।

संयोगबस आजै एमाले र माओवादी केन्द्रबीच एकता हुँदैछ । र, दुई पार्टीबीच एकता भएर नयाँ पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुअघि नेताद्वयले अणुबमले पनि मार्न नसकेको रुख रोपेका छन् । यो विरुवा जस्तै एकतापछिको पार्टी पनि अमर रहने नेताहरुले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu