ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटेश्वर–कलंकी चक्रपथ निर्माण थपिएको समयमा नसकिने


admin
२५ श्रावण २०७४, बुधबार   ८ : ५६   बजे

काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो समय सबैभन्दा बढी सडक विस्तारको काम भएको छ । तर, सडक विस्तार व्यवस्थित हुन सकेको छैन । विस्तारका लागि काम सुरु भएको धेरै सडक अस्तव्यस्त छन् ।  सडक विस्तार आयोजनाहरु लथालिङ्ग छन् । सार्क सम्मेलनलाई लक्षित गरि तीनकुने–मातइतीघर सडकलाई चिरिच्याट बनाइए पनि अन्य सडकको हालत खराब छ । पछिल्लो समय चक्रपथको स्तरोन्नती गर्ने प्रयत्न समेत भएको छ । तर, चक्रपथ स्तरोन्नती पनि बेहालत छ । चक्रपथको स्तारोन्नती गर्न चक्रपथ सुधार योजनाले काम गरिरहेको छ ।

थपिएको एक वर्षमा काम सम्पन्न नहुने खतरा

पहिलो चरणमा कोटेश्वर–कलंकी खण्डको सडक स्तारोन्नतीको काम भइरहेको छ । योजनाले पाँच वर्षमा काम सम्पन्न गर्ने म्याण्डेट पाएको थियो । तर, निर्धारीत समयमा काम गर्न सकेछ । त्यसपछि एक वर्ष समय थपिएको छ । थपिएको समय पनि अब १० महिना मात्र बाँकी छ । यो अवधिमा पनि काम सम्पन्न हुने सम्भावना कम छ ।

काठमाडौंको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले सहयोग गरेको छ । पहिलो चरणमा कोटेश्वर, ग्वार्को हुँदै कलङ्की सम्मको १० किलोमिटर दुरीको चक्रपथ स्तरोन्नतीका लागि चीन सरकारले ५ अर्ब रुपैयाँमा सहयोग गरेको छ । र, चक्रपथ स्तरोन्नतीको जिम्मेवारी चिनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन चाइनाले पाएको छ ।

नेपाल सरकार र निर्माण कम्पनीबच सन् २०१३ सेप्टेम्बरमा काम सुरु गरि २०१७ जुलाईमा सम्पन्न गर्ने सहमती भएको थियो । तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि एक वर्ष समय थपिएको छ । अब निर्माण कम्पनीले सन २०१८ जुलाईमा काम सक्नु पर्ने छ । अहिलेकै गतिमा काम हुने हो भने थपिएको समयमा पनि चक्रपथ स्तारोन्नतीको काम सम्पन्न हुने सम्भावना काम छ । तर, चक्रपथ सुधार योजनाले भने अहिलेसम्म ८० प्रतिशत काम सकिएकाले समयमै काम सम्पन्न हुने दावी गरेको छ ।

चक्रपथ सुधार योजनाले अहिलेसम्म कोटेश्वर–कलंकी खण्डमा ४ वटा आकाशे पुल र ६ वटा सामान्य पुल बनाइसकेको छ । तर, ती पुलहरु फिनिसिङ हुन बाँकी नै छन् । सडक पेटी, ढल बग्ने ड्रेन र अपाङ्ग मैत्री सडक पेटी बनाउने लगकायका काम लथालिङ्गै छ । योजनाले वर्षायाम अगाडी नै कोटेश्व देखी सात दोबाटो सम्मको सडक कालोपत्रे गरिसक्ने योजना बनाएको थियो । तर, कालोपत्रे गर्नका लागि काम सुरु भए पनि कालोपत्रे हुन सकेको छैन ।

नयाँ बन्दै गरेको सडक पूर्ण रुपमा अपाङ्ग मैत्री हुनु पर्ने सम्झौतामा उल्लेख छ । तुलनात्मक रुपमा केही बढी काम भएको कोटेश्वर आसपास मै पनि अपाङ्ग मैत्री सडक बनाउने काम अगाडी बढ्न सकेको छैन । अन्य क्षेत्रमा त सडक सम्याउने काम नै पुरा भएको छनै । तर, तिब्र गतिमा काम भइरहेकाले थपिएको समयमा सडक बनिसक्ने योजनाको दावी छ । २०७२ सालको भूकम्प पछि धेरै निर्माण कम्पनीहरुलाई ठूलो बहाना मिल्यो । जिम्मा लिएर कामै नगरी बसेका निर्माण कम्पनीहरुले पनि भूकम्पका कारण काम गर्न नसकेको वहाना बनाए । त्यो बीचमा भारतीय नाकाबन्दीको समेत प्रभाव पर्‍यो । चक्रपथ अन्तरगत कोटेश्वर–कलंकी सडक खण्डको निर्माण जिम्मा पाएको चिनियाँ कम्पनीले समेत भूकम्प र नाकाबन्दीका कारण काम हुन नसकेको दावी गरेको थियो । तर, अब भने सडक निर्माणका लागि सहज वातावराण बनिसकेको छ ।

त्यसैले तिब्र गतिमा काम हुने हो भने थापिएको समयमा काम सम्पन्न हुन सक्छ । तर, अहिले वर्षायाम भएकाले सडक निर्माणका काम ठप्प जस्तै छ । वर्षायाम सकिन अझै पनि दुई महिना बाँकी छ । असोजपछिका दिनमा मात्रै सहज रुपमा कालोपत्रे गर्ने काम अघि बढ्न सक्छ । त्यसैले फेरी पनि सडक बनिसक्ने समय लम्बिने सम्भावना बढी छ ।
हाम्रो देशमा कुनै पनि विकास आयोजना समयमै सम्पन्न हुँदैन । निर्माण आयोजना समयमै सम्पन्न नहुनुमा धेरै क्षेत्रले भूमिका खेलेको हुन्छ । केही वर्ष अगाडीसम्म राजनीतिक अस्थिरताको सिधै प्रभाव निर्माण क्षेत्रमा पर्ने गरेको थियो । पछिल्लो सयम भने राजनीतिक प्रभाव कम हुँदै गएको छ । तर, निर्माण कम्पनीको गैह् जिम्मेवारीपन भने अझै पनि यथावत  छ ।

निर्माणको जिम्मा पाएका कम्पनीहरुले सहमति अनुसार इमानदार भएर काम गर्ने हो भने कुनै पनि आयोजनाको निर्माण अवधि लम्बिने छैन । तर, निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्ने प्रवृति अझै पनि हट्न सकेको छैन । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा सबै आयोजनामा लागत बढ्ने गरेको छ । निर्माण कम्पनीहरुले पनि विभिन्न खालका अवरोध झैल्दै आएका छन् ।

आयोजना सुरु भएपछि अनेकौ समस्याहरु उत्पन्न हुने गरेका छन् । सबैभन्दा बढी मुआब्जा विवादले आयोजना निर्माणमा जुटेकाहरु समस्यामा पर्ने गरेका छन् । आफ्नै लागि विकासका काम हुने भए पनि आयोजना प्रभावित क्षेत्रका वासिन्दा सहज रुपमा विकास निर्माणका काम दिदैनन् ।

सरकारले पनि सुरुमै मुआब्जा समस्या समाधान गर्ने कुरामा ध्यन दिदैन । चक्रपथ विस्तार योजनाले पनि त्यस्तै समस्या झेल्नु परेको छ । कोटेश्वर–कलंकी सडकको क्षत्र भित्र धेरै घरहरु बनेका छन् । ती, घरहरुका कारण चक्रपथ सुधार योजनाले काम गर्न सकेको छैन । त्यति मात्र होइन, सरकारी निकाय बिचको समन्वय अभावले पनि चक्रपथ विस्तारमा अवरोध पुगेको छ ।

सडकमा बनेका घर हटाउन समस्या

कोटेश्वर–काठमाडौं सडक खण्डको लम्बाइ १० किलो मिटर मात्र हो । छोटो दुरी भए पनि चक्रपथ सुधार योजनाले धेरै असजताहरु सामना गर्नु परेको छ । वैकल्पिक मार्ग नहुँदा चक्रपथको स्तरोन्नतीको जिम्मा पाइको चिनियाँ कम्पनीले रातको समयमा मात्र काम गर्नु पाउँछ । अहिलेसम्म कम्पनीले रातको समयमा मात्र काम गर्दै आएको छ । तर, निर्माण कम्पनीका लागि सबैभन्दा ठूलो समस्याका रुपमा सडकमा पर्ने घरहरु रहेका छन् ।

सडकको जमिनमा सयभन्दा बढी घरदश किलोमिटरको दुरीमा कम्तिमा १ सय ५० घर सडकमा रहेको चक्रपथ सुधार योजनाले जानकारी दिएको छ । नयाँ बन्दै गरेको चक्रपथ ३६ मिटर चौडाइको हुनेछ । तर, कोटेश्वर देखी कलंकी सम्ममा २५ मिटर भित्र पर्ने घर एक सयभन्दा बढी छन् । चक्रपथ सुधारको काम अगाडी बढेको पाँच वर्ष भइसकेको छ । तर, अझै पनि कोटेश्वर–कलंकी सडकको क्षेत्रमा पर्ने घरहरु भत्काइएका छैनन् । सडकको क्षेत्रमा पर्ने घरहरुमा चिन्ह लगाइएको छ ।

सडकको क्षेत्र भित्र पर्ने घरहरुमा चिन्ह त लगाइएको छ । तर, अझै पनि घरहरु भत्काइएका छैनन् । तर, सडकमा घर परेका स्थानीयवासीलाई भने अझै पनि के गर्ने हो भन्ने थाहा छैन । सडकमा परेकाले घर भत्काउनु पर्छ भन्ने जानरीका पाए पनि मुआब्जाको विषयमा सरकारले आफुहरुसँग सल्लाह नै नगरेको स्थानीवासीको गुनासो छ । उनीहरु, सरकारले चलनचल्तीको दरमा मुआब्जा दिए घर छोड्न तयार रहेको बताउँछन् ।

सरकारी निकायबीच समन्वय नहुँदा समस्या

हाम्रो देशमा सरकारी निकायबीचको समन्वय अभावले विकासका काममा प्रभाव पर्ने गरेको छ । चक्रपथ सुधारको क्रममा पनि समन्वय अभाव देखिएको छ । सडकको क्षेत्रममा परेका घरहरु भत्काइदिन भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनालाई धेरै पटक आग्रह गर्दा पनि घर नभत्किएको चक्रपथ सुधार योजनाले आरोप लगाएको छ । धेरै पटक घर भत्काइदिन आग्रह गर्दा पनि नभत्किएक कारण सडक विस्तारमा समस्या उत्पन्न भएको योजनाको गुनासो छ ।

चक्रपथ सुधार योजलाई सडकको क्षेत्रमा पर्ने विजुलीका पोलहरुका कारण समेत काम गर्न असहज भएको छ । बल्खु क्षेत्रका धेरै बिजुलीका पोल सडकको क्षेत्र भित्र पर्ने चक्रपथ सुधार योजनाले जानकरी दिएको छ । सडकमा पर्ने बिजुलीका पोल हटाउन बिद्युत प्राधिकरणराई आग्रह गरेको भए पनि प्राधिकरणले पोल नहटाएको योजनाले आरोप लगाएको छ । तर, चक्रपथ सडक सुधार आयोजनालाई सबैभन्दा बढी समस्या सडक क्षेत्रमा पर्ने घर हटाउनु नै रहेको छ । आवश्यक पहल हुने हो भने यो ठूलो समस्या होइन । त्यसैले सबैभन्दा पहिला सरकारी निकायबीच समन्वयको खाँचो छ ।

सडकको क्षेत्र भित्र घर परेकाहरु सबै पीडत नहुन पनि सक्छ । धेरै मानिसले सडकको जमिन मिचेरै घर बनाएका छन् । यस अघिका सडक विस्तारका क्रममा समेत सडक मिचेर बनाइएका धेरै घर भत्काइएका छन् । त्यसैले कोटेश्वर देखी कलंकीसम्मको सडक विस्तारमा सडक भित्र पर्ने घर भत्काउनु समस्या होइन ।

स्तारोन्नती पछि चक्रपथको चौडाइ ३६ मिटरको हुनेछ । तर, धेरै घर २५ मिटर भित्र पर्ने भएकाले सडक भित्रै रहेका घरहरु भत्काउन कुनै कानुनी समस्या पनि हुने छैन । तर, लामो समयदेखी जमिन भोगचलन गर्दै आएकाहरुलाई सहि तरिकाले व्यवस्थापन गरिनुपर्छ । यो त रहयो, चक्रपथ सुधार योजनाको समस्या । तर, चक्रपथ सुधार योजनाले काम गर्न सुरु गरेपछि त्यस क्षेत्रका धेरै मानिसले धेरै समस्या झेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group