ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ दिनभित्र विधान बनाउने गरी कार्यदल गठन


एबीसी न्यूज
८ जेष्ठ २०७५, मंगलबार   ७ : ३६   बजे

काठमाडौं, ८ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १५ दिनभित्र विधान बनाउने गरी कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले दुई पार्टी एक भएको अवस्थामा १५ दिन भित्र परिमार्जित विधान बनाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा भीम रावल, देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोख्रेल, रेखा शर्मा र रामनारायण बिडारी सदस्य छन् । बैठकले सबै सांसदहरुलाई सरकारका नीति तथा कार्यक्रमको पक्षमा उभिन निर्देशन पनि दिएको छ ।

विधान बनेपछि त्यसै विधानका आधारमा पदाधिकारी नियुक्त गरिने छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणमा प्रत्यक्ष र परोक्ष रुपमा योग्यताको प्रदर्शन र अनुगमनमा सक्रिय रहन सांसदहरुलाई निर्देशन दिनुभयो ।

त्यसैगरी संसदीय दलका नेता प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममा आएका विषयको जिम्मा आफूले लिने भन्दै त्यसको समर्थन र प्रतिपक्षीको कुरा सुनेर त्यसको सम्बोधन गर्दै संसदमा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिनुभयो ।

पार्टी एकीकरणपछि मंगलबार संसदीय दलको दोश्रो बैठक बसेको हो । बुधबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu