ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी हिरासतमा ज्यानको खतरा भयो – गोरे


एबीसी न्यूज
९ जेष्ठ २०७५, बुधबार   ७ : २७   बजे

विराटनगर, ९ जेठ । सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् ।

प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारीवादी संस्थाको रोहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउनका लागि आदेश जारी गर्न भन्दै गोरेले बुधवार अदालतमा निवेदन चढाएका हुन् ।

अधिवक्ता यमबहादुर थापा मगरले गोरेको तर्फबाट अदालतमा निवेदन दिँदै हिरासतमा ज्यानमाथि नै खतरा भएकाले मानवअधिकारवादीको रोहबरमा हिरासतमा रहने व्यवस्था मिलाइदिन माग गरेका छन् । सुन तस्तरी प्रकरणको छानविनका लागि पक्राउ परी प्रहरी हिरासतमै एकजनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको गोरेको भनाइ छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल संयोजकत्वको टोलीले पक्राउ गरेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी परिसर सिंहदवारको हिरासतमा शंकास्पद मृत्यु भएको थियो ।

मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेको बुधवारबाट जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । बुधवार अदालती समय सकिए पनि गोरेको बयान भने सकिएको छैन ।
सुन तस्करी र सनम शाक्यको हत्यासँग जोडिएका सबै घटनाक्रमको सिलसिलेवार बयान भइरहेकाले बयानका लागि अझै केही दिन लाग्ने जिल्ला अदालत मोरङ स्रोतले जनाएको छ ।

बुधवारसम्म गोरेले बयानमा अदालत स्रोतका अनुसार गोरेले सुन तस्करी प्रकरणमा अन्यको संलग्नता रहेको भन्दै केही उच्च व्यक्तिको नाम समेत बयानमा उल्लेख गरेका छन् । तर अदालत स्रोतले गोरेले लिएका ती व्यक्तिको नाम भने बताउन चाहेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group