ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ महिनामा १८ हजार उधोग दर्ता, कुन प्रदेशमा कति उधोग दर्ता भयो ?


admin
१४ जेष्ठ २०७५, सोमबार   २ : ५१   बजे

काठमाडौँ, १४ जेठ । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नं ३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन् । प्रदेश नं १ मा एक हजार ९०४, प्रदेश नं २ मा तीन हजार १८७, प्रदेश नं ४ मा दुई हजार ३७१, प्रदेश नं ५ मा तीन हजार ७७४ तथा प्रदेश नं ७ मा एक हजार २८८ उद्योग दर्ता भएका छन् ।

हालसम्म नेपालमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमार्फत चार लाख पाँच हजार ७४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । चालू आवको आठ महिनामा १५ हजार ३४५ फर्म तथा कम्पनी कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका छन् । पब्लिक लिमिटेडमा ३४, प्राइभेट लिमिटेडमा १४ हजार ९६६, मुनाफा वितरण नगर्ने ३०९ र विदेशी ३६ कम्पनी रहेका छन् ।

स्थानीय स्रोतसाधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्न सरकारले लघु उद्यम कार्यक्रमअन्तर्गत चालू आवकोे आठ महिनामा एक लाख ३२ हजार लघुउद्यमी सिर्जना गरेको छ । सिर्जना भएका लघुउद्यमीमध्ये ७४ प्रतिशत महिला रहेका छन् । उक्त कार्यक्रममार्फत गरीबीको रेखामुनि रहेका करीब एक लाख ७१ हजार नागरिकले रोजगार पाएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group