ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबल प्रतियोगिता थालनी र यसबारे रोचक कुरा यस्ता छन्


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   ११ : ०१   बजे

काठमाडौं ।  रुस विश्वकप फुटबल आउन अब केवल दुई हप्ता मात्र बाँकी छ र यसको रौनक पनि सुरु भइसकेको छ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको विषयमा धेरै कुराहरु यस्ता छन्, जुन सबैलाई थाहा नहुन पनि सक्छ –

विश्वकप फुटबल प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा ुइङ्ग्ल्याण्ड फुटबल एसोसिएशनु( एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने

क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्विजरल्याण्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था ुअन्तराष्ट्रिय फुटबल महासङ्घु (फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइयो । पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्‍याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।

 

१ विश्वकप फुटबल प्रतियोगिता रुसले पहिलोपटक आयोजना गर्न लागेको हो ।

२ यो विश्वकपमा रुसले ११ औं पटक सहभागिता जनाउन लागेको हो । विश्वकपमा रुसको सबैभन्दा ठुलो उपलब्धि सन् १९६६ को विश्वकपमा चौथो स्थानमा रहनु हो ।

३ सन् २०१४ को विश्वकप विश्वभरका तीन अर्ब २० करोड मानिसहरुले हेरेका थिए । यो संख्या विश्वको कूल जनसंख्याको करिब आधा हो ।

४ विश्वकप अहिलेसम्म २० पटक आयोजना भइसकेको छ र ब्राजिलले सबैभन्दा बढी पाँचपटक यो उपाधि उचालिसकेको छ । इटाली र जर्मनीले चार–चार पटक यो उपाधि जितेका छन् ।

५ सन् २००२ मा विश्वकप प्रतियोगिता पहिलोपटक दुई मुलुकहरुमा खेलाइएको थियो । यो विश्वकप दक्षिण कोरिया र जापानले संयुक्तरुपमा आयोजना गरेका थिए ।

६ विश्वकपको गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी क्यामरुनका रोजर मिल्ला हुन् । उनले सन् १९९४ मा ४२ वर्षको उमेरमा रसियाविरुद्ध गोल गरेका थिए ।

७ सन् १९५० को विश्वकपमा खाली खुट्टा खेल्न नपाएको भन्दै भारतले विश्वकप नखेलेको भन्ने अफवाह सुनिने गरेको छ ।

८ यसपटकको विश्वकप फुटबलको एउटा खेल फिस्ट स्टेडियममा हुँदैछ, यो स्टेडियममा सन् २०१४ को सुरुवाती खेल र अन्तिम खेल खेलाइएको थियो ।

९ सन् १९३० मा भएको पहिलो विश्वकपको आयोजक र विजेता उरुग्वे थियो ।

१० सन् १९६६ को विश्वकपमा सात दिन विश्वकपको ट्रफी हराएको थियो । प्रतियोगिता सुरु हुनुभन्दा ठिक अगाडि यो ट्रफी हराएको थियो ।

११ २०१८ को विश्वकप आयोजना हुने सबैभन्दा पूर्वमा रहेको सहर एकटेरिङवर्ग र सबैभन्दा पश्चिमको सहर कालिङगार्डको बीचको दूरी १५ सय माइलको रहेको छ । यो दूरी मस्कोदेखि लण्डनसम्मको दूरीको बराबर हो ।

१२ सन् २०१४ को विश्वकपमा प्रतिखेलमा औसतमा ५३ हजार फ्यानहरु सहभागी भएका थिए ।

१३ सबैभन्दा धेरै गोल भएको विश्वकपको खेल सन् १९५४ को अष्ट्रिया र स्विट्जरल्याण्डको खेल हो । यो खेलमा अष्ट्रिया ७–५ गोल अन्तरले विजयी भएको थियो ।

१४ इटालीको नाममा विश्वकपमा सबैभन्दा बढी ड्र खेल्ने कीर्तिमान रहेको छ । उसले २१ पटक बराबरीको नतिजा निकालेको छ ।

१५ विश्वकपमा सहभागी भएका मुलुकहरुमध्ये सबैभन्दा कम खेल खेल्ने मुलुक इन्डोनेसिया हो । यो मुलुकले विश्वकपमा सन् १९३८ मा एउटामात्र खेल खेलेको थियो ।

१६ विश्वकपमा सबैभन्दा धेरै खेल हार्ने टोली मेक्सिको हो । यसले अहिलेसम्म विश्वकपमा २५ खेल हारिसकेको छ भने १४ मा जित र १४ बराबरी पनि खेलेको छ ।

१७ अहिले ३२ टोलीले सहभागिता जनाउन पाउने विश्वकपमा सन् २०२६ देखि यो संख्या ४८ पुग्नेछ ।

१८ विश्वकपको एउटै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रसियाका ओलेग सालेन्को हुन् । उनले एकै खेलमा पाँच गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट छ : प्रचण्ड

जेन–जी शहीद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

सम्बन्धित

बिजुलीको महसुल घटाउने सरकारको तयारी, बढी खपत गर्ने उद्योगलाई सहुलियत

 सेयर बजार सुस्ताउँदा सरकारको पुँजीगत लाभकर ७१ प्रतिशतले घट्यो

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu