ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ देशका कम्युनिस्ट काठमाडौंमा


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   ११ : १२   बजे

काठमाडौं, १६ जेठ । कार्ल माक्सको द्विशतवार्षिकीको अवसरमा आजदेखि अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । काठमाडौंमा हुने उक्त कार्यक्रम २ दिन सम्म चल्ने छ ।
सेमिनार समितिका अनुसार सेमिनारमा कार्ल माक्सको योगदानका बारेमा विचार विमर्श गरिने छ । सेमिनारमा ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहने छ । माक्र्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बताए । मार्क्सको योगदानको महत्वलाई उजागर गर्न सेमिनारको तयारी थालिएको उनको भनाइ छ ।

दुईदिने सेमिनारमा अस्ट्रेलियाको सोसलिस्ट एलायन्स, बंगलादेशबाट कम्युनिस्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी पार्टी अफ बंगलादेश र सोसलिस्ट पार्टी अफ बंगलादेशले सहभागिता जनाउनेछन् । त्यसैगरी चीनबाट कम्युनिस्ट पार्टी अफ चाइना, जर्मनीबाट एमएलपिडी, भारतबाट कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) लिबरेसन, जापानबाट जापानिज कम्युनिस्ट पार्टी सहभागी हुने बताइएको छ ।
वर्कर्स पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिस्ट पार्टी अफ रसिएन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका र कम्युनिस्ट पार्टी अफ भियतनाम पनि सेमिनारमा सहभागी हुनेछन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ः३० बजे उद्घाटन गर्ने सेमिनारमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’बारे कार्यपत्र प्रस्तुत हुनेछ । सो कार्यपत्र ओलीले प्रस्तुत गर्नुहुनेछ भने नेकपाका अर्का अध्यक्ष प्रचण्डले ‘आजको मार्क्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट छ : प्रचण्ड

जेन–जी शहीद परिवार र घाइतेको सरकारलाई अल्टिमेटम, माग पूरा नभए फेरि सडकमा उत्रिने चेतावनी

सम्बन्धित

बिजुलीको महसुल घटाउने सरकारको तयारी, बढी खपत गर्ने उद्योगलाई सहुलियत

 सेयर बजार सुस्ताउँदा सरकारको पुँजीगत लाभकर ७१ प्रतिशतले घट्यो

दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

नाडा अटो शो नजिकिँदै, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu