विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन्। उनीहरुबाट दोस्रोचरणका लागि छनोट भएका १६ हुदै ८ टोलीले क्वार्टरफाइनल खेल्नेछन्। त्यसपछि सेमिफाइनल र अनि फाइनलको टुंगो एकमहिनापछि जुलाई १५ मा लाग्नेछ।
सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि उ सेलिब्रटी बनेको थियो। उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो। यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो।
यस विश्वकपमा भने पनि जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ। अफिसियल रुपमा यसविश्वकपको भविष्यवाणी रुसको एउटा बिरालोले गर्ने भएको छ।
एकिलिज नाम गरेको निलो आखाँ र सेतो रंगको कान नसुन्ने बिरालोले यसपटकको विश्वकपको भविष्यवाणी गर्ने भएको हो। उक्त बिरालो हाल पिटर्सबर्गको हर्मिटेज म्यूजियममा राखिएको छ। बिरालोलाई यसअघिबाट नै विशेष प्रशिक्षण दिन थालि सकिएको म्युजियमले जनाएको छ।
कसरी हुनेछ भविष्यवाणी?
पल अक्टोपसले २०१० मा दुई देशका झन्डा राखिएका दुई मध्ये एक बक्सलाई छनौट गर्दै विश्वकपको भविष्यवाणी गरेको थियो।
एकिलिजका अगाडी खेल हुने दुई देशका झन्डाहरु अंकित बलहरु बिरालोको खानासहित राखिने भएको छ। त्यसमध्ये उसले जुन छनोट गर्छ त्यसलाई उसको भविष्यवाणी मानिनेछ। उनले गरेका भविष्यवाणीहरुको प्रत्यक्ष प्रशारण पनि गरिने भएको छ।
एकिलिजलाई नै किन छनोट गरियो त?
म्युजियममा उनको हेरचाहको जिम्मा पाएकी अन्ना कासातकिना भन्छिन्, ‘यसअघि एकिलिजले कन्फडेरेसन कपको पनि भविष्यवाणी गरेको थियो। जसमा उसले गरेका भविष्यवाणी शत प्रतिशत मेल खायो। उ कान नसुन्ने भएकाले पनि निष्पक्ष भविष्यवाणी गर्ने गर्छ। कान नसुन्ने भएकाले बाहिरबाट उसको ध्यानभंग पनि कसैले गर्न सक्दैन् र उसले आफ्नो हृदयले सही भविष्यवाणी गर्नेछ।’ एजेन्सी
प्रतिक्रिया दिनुहोस्