ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहलाई आफूखुसी कर्मचारी नराख्न मन्त्रालयको निर्देशन


एबीसी न्यूज
२८ जेष्ठ २०७५, सोमबार   ८ : ३९   बजे


काठमाडौं, २८ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूखुसी कर्मचारी भर्ना नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

मन्त्रालयले तय गरेको दरबन्दी अन्तरिम भएको भन्दै ती दरबन्दीलाई स्थायी पद मानेर कुनै पनि प्रक्रियाको आधारमा स्थानीय तहले कर्मचारी भर्ना गर्न नहुने मन्त्रालयले बताएको हो।

ुसरकारलाई दायित्व पर्ने गरी अस्थायी, करार वा अरु कुनै प्रक्रियाबाट कर्मचारीहरू पदपूर्ति नगर्नेु मन्त्रालयका उपसचिव प्रेमप्रसाद लुइँटेलले स्थानीय तहलाई पठाएको निर्देशनमा उल्लेख छ।

मन्त्रालयले स्थानीय तह – वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका लाई लिखित निर्देशन दिँदै कर्मचारी अपुग भए माग गर्न आग्रह गरेको छ।

यस्तै कुनै स्थानीय तहले पदपूर्ति प्रक्रिया सुरू गरेको वा माग आपूर्ति फारम भरेर लोक सेवा आयोगमा माग गरिसकिएको भए उक्त प्रक्रिया स्थगित गर्ने र माग फिर्ता गर्न पनि मन्त्रालयले निर्देशन दिएको हो।

स्थानीय तहमा ५७ हजार अन्तरिम दरबन्दी तय गरी मन्त्रालयले कर्मचारी पठाउँदै आएको छ। करिब ४० हजार कर्मचारी स्थानीय तहमा काम गर्न पुगिसकेका छन् भने १७ हजार हाराहारी कर्मचारीलाई पठाउन बाँकी छ। मन्त्रालयले कर्मचारी समायोजन सम्पन्न गरेपछि मात्रै स्थानीय सरकार सञ्चालयन ऐन २०७४ अनुसार स्थानीय तहले संगठन संरचना कायम गरी कर्मचारी राख्न पाउँछन्।

मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्रमा देशका सबै तहमा कर्मचारी पठाइसक्ने बताउँदै आएका छन्। स्वास्थ्य सेवासहित देशभरमा १ लाख १७ हजार कर्मचारी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group