ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकलाई उपचार गर्न लैजानुको साटो जंगल फालेर हिडेपछि..


एबीसी न्यूज
२८ जेष्ठ २०७५, सोमबार   ४ : ३७   बजे

नेपालगञ्ज २८ जेठ ।  दश वर्षीय बालक आयुस केसीको मृत्युलाई लिएर बाँकेको शमशेरगञ्जमा तनाव भएको छ । ट्रयाक्टरबाट खसेर घाइते भएका बालकलाई उपचार गर्न लैजानुको साटो जंगल फालेर हिडेपछि मृत्यु भएको थियो ।

माटो लिन हिँडेको भे १ त ६१६७ नम्बरको ट्रयाक्टरमा चढेर जंगल गएका बालक फर्किँदा ट्रयाक्टरबाट खसेका थिए । गम्भीर घाइते भएका बालकलाई उपचार गराउन लैजानुको साटो ट्रयाक्टर चालक, सहयोगीले जंगलमा फालेर हिँडे । बालकको मृत्यु भयो ।

बालकको शव जंगलमै रहेको छ । घरपरिवारले बुझ्न मानेका छैनन् । ट्रयाक्टरबाट बालक खसेर गम्भीर घाइते भएपछि चालकले ट्याक्टर मालिकलाई फोन गरेर सबै कुरा बताएका थिए । ट्रयाक्टर मालिकले सबै जना फस्ने भएकाले बालकलाई जंगलमा फालेर भाग्न भनेको ट्रयाक्टरका सहयोगीले बयान दिएका छन् । चालक भने फरार छन् । जो मृतक बालकका मामा नाता पर्छन् ।

चालकको लाइसेन्स थिएन । लाइसेन्स नभएकाले जेल जानु पर्ने डरेले चालक भागेको स्थानीयले बताएका छन् । ‘चालकले शुरुमा अस्पताल लैजाउ भनेका थिए ।

पछि मालिकले फोनमा सबै जना फस्ने भनेपछि जंगलमा छोडेर भाग्यौँ, पक्राउ परेका ट्रयाक्टरका सहयोगीहरुले बताए । बच्चा चढेको ट्रयाक्टरको पछि पछि रहेको अर्को ट्रयाक्टरका चालक कलिराम थारुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले सत्यकुरा नबोलेर ढाकछोप गर्ने प्रयास गरेका थिए । प्रहरीले समातिसकेपछि कलिरामले ‘बच्चालाई छोडेर हिँड्दा धड्कन चलिरहेको’ बताए । उनले बच्चालाई अस्पताल लगेको भए बाँच्न सक्थ्यो भनेका छन् ।

ट्रयाक्टर आइतबार अपरान्ह माटो लिन परुवाखोलामा गएको थियो । त्यही ट्रयाक्टरमा बसेर बालक पनि गएका थिए । माटो लिएर फर्किने क्रममा बालक खसे । प्रत्यक्षदर्शीका अनुसार, चालकले मापसे गरेका थिए । कच्ची बाटोमा ट्याक्टर उफ्रिँदा बालक खसे ।

बालकका बाबु घरमा छैनन् । बैदेशिक रोजगारीमा गएका छन् । आमाले छोरा रातिसम्म नआएपछि छरछिमेकलाई भनेर खोजतलास सुरु गरिन् । पुरुवा खोलामा डुब्यो कि भनेर गाउँलेले खोजे । गाउँभरीका मान्छे जंगलतिर फैलिए । त्यही क्रममा साढे एक बजेतिर जंगलमा शव भेटियो । गाईगुई कुरा भयो, बालक त ट्याक्टरमा चढेर गएका थिए ।

ट्रयाक्टर चालकलाई खोजियो । उनी फरार भइसकेका थिए । सहयोगीहरुमार्फत सबै कुरा बाहिर आयो । शवलाई घरपरिवारले उठाउन मानेन । ट्रयाक्टर चालकमात्रै होइन, मालिक पनि फरार भएका छन् । ‘म¥यो जस्तो लागेर जंगलमा छोडेर भागेको’ ट्रयाक्टरमा रहेका सहयोगीहरुले बताएका छन् ।

प्रहरी पनि राती नै घटनास्थल पुगेको थियो । सोमबार दिउँसोसम्म प्रहरी र स्थानीय बासिन्दा जंगलमा बसेका थिए । घटनाको मुचुल्का गर्न इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरीको टोली पुगेको छ ।

प्रहरीले चालक र ट्याक्टर मालिकलाई कडा भन्दा कडा कारबाही गर्ने सहमति गराएर शव उठाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UN Peacekeepers Killed in South Sudan Ambush Amid Civil War Fears

Ceasefire Monitors Deployed to Eastern Democratic Republic of Congo

Russian Air Defenses Intercept Hundreds of Ukrainian Drones; Children Killed in Krasnodar

Nepal Classifies Music, Sports and Film as Service Industries

Nepal Finance Minister Pushes for Clarification of Banking Director Disqualification Rules

Mexico’s President Condemns Governor’s Return Amid U.S. Drug Trafficking Allegations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu