ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सस्तोमा जग्गा नबेचेको भन्दै नाङ्गै बनाएर महिलालाई कुटपिट (भिडियोसहित)


एबीसी न्यूज
२९ जेष्ठ २०७५, मंगलबार   ९ : ०३   बजे

दाङ २९ जेठ।  सोमबार ईलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिन आएकी अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षकी दिलमाया पुन शुक्रबार भालुवाङ बसपार्कमा भएको घटना सम्झँदा अझै तर्सिन्छिन् ।

श्रीमान र आफन्तको साथ लागेर पुन प्रहरी कार्यालयमा आफूमाथि कुटपिट गर्ने र अमानवीय व्यवहार गर्नेहरुमाथि कारबाहीको माग गर्न प्रहरी कार्यालय आएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा दिलमायामाथि भएको अमानवीय व्यवहार तथा कुटपिट भैरहेको भिडियो सार्वजनिक भएपछि कुटपिटमा संलग्नलाई कानुनी कारबाहीको दबाब परेको हो ।

सोमवार प्रहरी कार्यालयमा महिलाको समूह तथा दिलमायाका आफन्तले प्रहरी कार्यालय घेराउ गरे । उनीहरुले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गर्न प्रहरीलाई दबाब दिए पनि प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

दिलमायालाई कुटटि गर्ने राप्ती गाउँपालिकाकी ३५ वर्षकी रेखा गुप्ता र २९ वर्षकी अनिता गुप्तालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्रराज पाण्डेले बताए ।

घटना यस्तो थियो

अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडो खोला निवासी ३९ वर्षकी दिलमाया पुन भालुवाङ्ग पुरानो बजारमा रहेको जग्गा हेर्न आइन् । अर्घाखाँचीको सितगंगा नगरपालिका र दाङको राप्ती गाउँपालिका छिमेकी स्थानीय तह हुन् ।

उनको साँधमा पर्ने आफन्तले जग्गा बेचेका थिए । ‘जग्गा बिक्री गर्ने हो, गर्ने भए ५० हजारमा किन्छौँ’ भनेर राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ्ग निवासी रेखा गुप्ताले दिलमायालाई सोधिन् ।

तर, दिलमायाले ‘यति सस्तोमा बिक्री गर्दिनँ, मेरो जेठाजुको जग्गा सस्तोमा फुत्क्यायौ, मैले चाहिँ बेच्दैनँ’ भन्ने जवाफ फर्काएपछि रेखा गुप्ता, अनिता गुप्ताले कुटपिट गर्न थाले ।

दिलमाया दौडेर पुल्चोक तर्फ अघि बढिन् । निर्माणाधिन बसपार्कमा पुगेपछि उनलाई घेरा हालियो । अनि कपडा च्यातेर नाङ्गै बनाउने प्रयास भयो । लात्तिले हाने । थप्पड हाने ।

कुटपिट हुँदै गर्दा भालुवाङ्ग नगरविकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल समेत पुगे ।

तर, दिलमायामाथि कुटपिट र दुर्व्यवहार रोकिएन् । ईलाका प्रहरी कर्यालय देखि पाँच सय मिटरको दूरीमा घटना घट्यो । केही बेरमा प्रहरी घटना स्थलमा पुग्यो ।

घटनाको गम्भीरता नबुझेर मिलापत्र

ईलाका प्रहरी कार्यालय भालुवाङले घटनाको गम्भीरता नबुझेर मिलापत्र गराएको देखिएको छ । प्रहरीले घटना भएकै दिन कुटपिटमा संलग्न र पीडित दुवैलाई सँगै राखेर मिलापत्र गराएको थियो ।

प्रहरीले कुटपिट गर्ने र पीडित दुवैलाई सामान्य झै झगडाको रुपमा हेरेर छाड्यो । तर, घटना घटेको दुई दिन पछि आइतबार भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बन्यो ।

अनि प्रहरी, भालुवाङ्ग बासी सबै झस्किन पुगे । मिलापत्रको समयमा सामान्य कुटपिटको विषय मानिएको घटना एक महिला माथि गरिएको अमानवीय तथा असामाजिक बन्न पुग्यो ।

भिडियो यसरी भयो भाइरल

प्रहरीले सामान्य घटनाको रुपमा हेरेको भालुवाङ घटना सामाजिक सञ्जाल फेसबुक मार्फत तरङ्गीत बन्न पुग्यो । घटना भैरहेको भिडियो एक एक जनाले खोजेका थिए ।

त्यो भिडियो भालुवाङ्ग निवासी रितु रानाले आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि रातारात भाइरल बन्यो । प्रहरीले घटनामा संलग्न महिलाहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UN Peacekeepers Killed in South Sudan Ambush Amid Civil War Fears

Ceasefire Monitors Deployed to Eastern Democratic Republic of Congo

Russian Air Defenses Intercept Hundreds of Ukrainian Drones; Children Killed in Krasnodar

Nepal Classifies Music, Sports and Film as Service Industries

Nepal Finance Minister Pushes for Clarification of Banking Director Disqualification Rules

Mexico’s President Condemns Governor’s Return Amid U.S. Drug Trafficking Allegations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu