ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्राष्ट्रिय समुदाय खुसी


एबीसी न्यूज
२९ जेष्ठ २०७५, मंगलबार   ३ : १४   बजे
काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले अब मार्क्सवाद पढाउन स्कूल सञ्चालन गर्ने भएको छ । नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना हुने भएको छ ।

ब्राजिलमा मार्क्सवादबारे आयोजित कार्यक्रममा सहभागी भएर मंगलबार फर्किएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कूल स्थापनाबारे अध्ययन गरिएको बताए ।

ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज नेसनल स्कूलको अध्ययन भ्रमणमा गएका नेताद्वयले नेपालमा माक्र्सवादी स्कूल सञ्चालनको बारेमा छलफल गरेको बताएका छन् । नेताहरुले ब्राजिलमा उक्त स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाइको अनुभव पनि ग्रहण गरेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्राष्ट्रिय समुदाय खुसी रहेको बताए । उनले नेकपाको एकताले अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी विश्वका कम्युनिस्टलाई उत्साह जगाएको दावी समेत गरे ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि जानकारी दिए ।

दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्विपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

त्रिभुवन विमानस्थलबाट ७२ लाखको मोबाइल–ल्यापटपका पार्टपुर्जा र चुरोट बरामद

सभामुख अर्यालले गंगालाल अस्पतालमा गराए स्वास्थ्य परीक्षण

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu