ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपको उद्घाटन: आयोजक रसिया र साउदी अरेबियाबीच हुने खेलसँगै विश्वकपको विधिवत सुरुवात


एबीसी न्यूज
३१ जेष्ठ २०७५, बिहिबार   ७ : ४५   बजे
Nepal Live

मस्को–  मारियो गोट्जेले थप समयमा गोल गरेर जर्मनीलाई २०औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि दिलाएको १ हजार ४ सय ३२ दिनपछि २१औं संस्करणको विश्वकप सुरु हुँदैछ।

अाज नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा मस्कोस्थित लुज्निकी रंगशालामा आयोजक रसिया र साउदी अरेबियाबीच हुने खेलसँगै विश्वकपको विधिवत सुरुवात हुनेछ।

रसियाले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन। गत अक्टोबरमा दक्षिण कोरियालाई हराएपछि खेलिएका ७ मैत्रीपूर्ण खेलमा रसियाले जित निकाल्न नसकेको हो। यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको छ। यद्यपी साउदीले खेलेका प्रतिद्वन्द्वी बलिया थिए। साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए।

त्यसैले दुवै टिमका लागि बिहीबार पछिल्ला खेलमा बेहोरेको खराब नतिजा बिर्सने एउटा सुन्दर अवसर हुनेछ। रसियाले २००२ काे विश्वकपपछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ। साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन।

पछिल्लो समय खराब लयमा रहेको रसियाका लागि उद्‌घाटन खेलमा जित निकाल्ने अवसर छ। किनकी उसले समान स्तरको टिमसँग प्रतिस्पर्धा गर्दैछ।

यता साउदी अरेबियाले केहि बलिया टिममाथि धावा बोलेको इतिहास छ। सुरुवातको १० मिनेटमा साउदीले रसियालाई रोकेर खेल बुझेर अघि बढ्ने रणनीति बनाउने विश्लेषण गरिएको छ।

रसिया र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्। विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा कुनै पनि आयोजक टिम पराजित भएका छैनन्। २१ संस्करणका २२ आयोजक टिममध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन्। यस्तै ६ टिम बराबरीमा रोकिएका छन्। रसियाले इतिहास दोहोर्‍याउला वा खराब इतिहास राख्ला त्यो हेर्न बिहीबार रातिसम्म कुर्नुपर्ने हुन्छ।

 

समूह ए

रसिया भर्सेस साउदी अरेबिया 

समय – जेठ ३१,  राति ८:४५ 

स्थान – लुज्निकी रंगशाला, मस्को

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group