ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कला–कविता कार्यशाला सम्पन्न


एबीसी न्यूज
६ असार २०७५, बुधबार   ६ : ०६   बजे

काठमाडौँ, ६ असार ।  विभिन्न जाति र समुदायको कला र साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आज कलाकार र साहित्यकारले एकै स्थानमा भेला भएर कला–कविता सिर्जना गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ स्थापना दिवसका सन्दर्भमा लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले आयोजना गरेको उक्त कार्यक्रममा सांगीतिक प्रस्तुतिसहित कमलादीमा विशेष कला–कविता कार्यशाला एवं कला प्रदर्शनी गरिएको हो ।

केके कर्माचार्य, नरेशसुन्दर सैँजु, जीवनराज राजोपाध्याय, हरि खड्का, सुमन श्रेष्ठ, महेश आचार्य, सागर श्रेष्ठलगायतका वरिष्ठ कलाकारले प्रकृति, सौन्दर्य, शान्ति, प्रेम भावमा सिर्जना गर्नुभएका चित्रमा आधारित रही कवि तुलसी दिवस, बाबा बस्नेत, सन्ध्या पहाडी, पुष्कर लोहनी, रोशन थापा, वियोगी बुढाथोकीलगायत साहित्यकारले कविता सिर्जना गर्नुभएको हो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कला र साहित्यले मानव सभ्यताको विकास क्रमलाई गहिरो खोज अनुसन्धानका लागि सहयोग पु¥याउने हुँदा पुराना मौलिकताको संरक्षण गर्दै विविधताले भरिएका हाम्रा साहित्य, भाषा, परम्पराका साथै कलाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उपकुलपति विष्णुविभू घिमिरेले नेपाली भाषा, साहित्य र ललितकलाको सूक्ष्मरुपमा विकास गर्न अलग अलग स्वायत्त संस्थाको अवधारणा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले उक्त कार्यक्रममा सहभागी कलाकार तथा साहित्यकारलाई सम्मानसमेत गरेको थियो । यही असार ९ गते प्रतिष्ठानले स्थापना दिवस मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu