ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्साको जुस गोदाममा प्रहरीको छापा ५० कार्टुन जुस सहित दुई जना पक्राउ


एबीसी न्यूज
७ असार २०७५, बिहिबार   ५ : ०२   बजे


बीरगंज ७ असार । पर्सा प्रहरीले जुस गोदाममा छापामारी ५० कार्टुन भन्दा बढी जुस र दुई जना कामदारलाई नियन्त्रणमा लिएको छ ।
म्याद नाघेको जुसमा पुन नयाँ मिति थपेर विक्रि वितरण गर्न लागेको सुचना पाएपछि प्रहरीले उक्त जुस गोदाममा छापामारहेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख प्रहरी उपरिक्षक रेवती ढकालको नेतृत्वमा गएको प्रहरी टोलीले बीरगंज माहानगरपालिका वार्ड नम्बर ५ रेलवे रोडमा रहेको एक घरबाट ५० कार्टुन भन्दा बढी कोरियन कम्पनीको म्याद नाघेको जुस बरामद गरेको छ । बीरगंज ५ स्थित रेलवे रोडमा कौशल कुमार श्रीवास्तवले आफनै फर्मबाट आफनो घरमा संचालन गरेको तथा म्याद सकिएको जुसमा प्रिन्टरबाट पुन म्याद बढाएर टाँस गरेको जुस गोदाममा छापा हानी उक्त अबैध सामान बरामद गरेको हो ।

बीरगंज माहानगरपालिका वडा नम्बर ५ रेलवे रोड रेशमकोठी स्थित रहेको श्रीवास्तवको निज निवासमा पर्सा प्रहरीले बुधवार बिहान करिव ९ बजे विषेश सुचनाको आधारमा छापामारी ५० कार्टुन भन्दा बढी म्याद नाघेको जुसमा नया छाप लगाई म्याद बढाई बजारमा बिक्री गर्नका लागी लान लागेको अवस्थामा छापामारी जुस बरामद गरेको प्रहरीले जनाएको छ ।

बिभिन्न ब्रान्डका कोरियन जुस एक्सपायरी ( म्याद गुज्रिएको ) जुसको बटटालाई स्प्रिटले मिटाई पुन दुई बर्षको म्यानुफयाक्चर मिती बढाएर बिक्री बितरण गर्न देखिएकोले उक्त सामानहरु बरामद गर्नुका साथै ओम बहादुर कार्की र लक्ष्मी साह कानुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए । उक्त जुसको डब्बामा मेड ईन कोरिया लेखेको डिलोस ब्रान्डको जुसको म्याद २०१८ मार्चमा सकिएको जुसको डब्बामा २०२२ सम्म मिती भएको छापिएको भेटिएको पर्सा प्रहरीले दावी गरेको छ ।

पर्सा प्रहरीले उक्त गोदामबाट नेपाल सरकारको बिभिन्न सरकारी कार्यालयहरुको स्टाम्पहरु र जुसको डब्बामा मितीहरु हाल्ने प्रिन्ट मेसिनहरु समेत बरामद गरेको र यस बारेमा थप अनुसंधान भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group