ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी


bhawani desk
१६ असार २०७५, शनिबार   ३ : १२   बजे

कञ्चनपुर, १६ असार । आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो ।

आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रति बिगहा रु दुई लाखसम्म आम्दानी हुँदै आएको वडायकले बताए।

परम्परागत तरिकाबाट उखुखेती गर्दा मुस्किलले प्रतिबिगाह ३०० देखि ५०० क्विण्टल उखु उत्पादन हुन्थ्यो, उहाँले भन्नुभयो, “चिपवड प्रविधिको प्रयोग गरी उखु रोप्न थालेपछि चार गुणाभन्दा बढी उत्पादन हुन थाल्यो ।

“चिपवड प्रविधिबाट उखुखेती गर्दा प्रतिबिगाह दुई हजार क्विण्टल उत्पादन हुन थालेको छ,” वडायकले भन्नुभयो, “परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रतिबिगाह १०० क्विण्टल बीउ बढी लाग्ने गर्दछ ।

आधुनिक तरिकाबाट नर्सरीमा तयार गरिएको उखुका बिरुवा रोप्दा प्रतिबिगाह तीन क्विण्टल मात्रै लाग्ने गर्छ । तर परम्परागत तरिकाबाट उखु रोप्दा प्रतिबिगाह चार क्विण्टल लाग्ने गरेको वडायकले बताएका छन ।

नर्सरीमा तयार गरिएका बिरुवा प्रतिबिगाह एक हजार ३०० देखि एक हजार ६०० सम्म लाग्ने गरेको उहाँले जानकारी दिए । चिपवड प्रविधिमा उखुको आँखला मेशिनको सहायताले निकाली पोलिथिन ब्यागमा बिरुवा उत्पादन गर्ने गरिन्छ ।

इन्टरनेटको माध्यमबाट भिडियोमा हेरेर आफूले उखु लगाउने यो आधुनिक तरिका सिँके, वडायकले भने, “चार वर्ष अघि पहिलो पटक उखुका आँखा निकालेर बिरुवा तयार गरी उखुको नर्सरी तयार गर्न थालेपछि घरकै परिवारले नै विश्वास गरेनन्, खेती बिगार्न थाल्यो भनेर उल्टै गाली गर्न थाले तर गालीको प्रवाह नगरी आफूले नर्सरीमा बिरुवा तयार पारेर खेतमा रोपेरै छाडे ।

पहिलो पटक परीक्षणका रुपमा दुई कठ्ठा क्षेत्रफलमा आधुनिक तरिकाले उखुखेती गर्दा उत्पादन ११० क्विण्टल बढी भयो, खुसी हुँदैउनले भने, थोरै जग्गामा यति बढी उत्पादन भएपछि अहिले चार बिगाह क्षेत्रफलमा यो प्रविधिबाट उखुखेती गरेका छौं ।

स्वस्फुर्तरुपमा उखुखेती गरी उत्पादन बढाएपछि नगरपालिकाको कृषि शाखाले उनलाई सिँचाइका लागि बोरिङ, स्प्रे मेशिन, विद्युतीय मोटर, पावर टिलर, मिनी टिलर, ट्रे, चिपकटर मेशिन अनुदानमा उपलब्ध गराएको छ ।

विद्युतीय र डिजल इञ्जनबाट सिँचाइ गर्दा बढी लागत आउन थालेपछि सिँचाइका लागि उनले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीसमेत जडान गरेको छ । उखु खेतीलाई रोग किराबाट जोगाउनका लागि एकै पटक ट्र्याक्टरको सहायताले खेतमा स्प्रे गर्नका लागि भारतबाट मेशिनसमेत उनले भित्र्याएका छन । उखुको बीउमा लाग्ने रकम जोगाएर रु दुई लाख खर्च गरी मेशिन खरिद गरिएको वडायकले बताए ।

प्रविधिमा आधारित भएर खेती गर्नोस् उनले भन्छन, नोक्सान हुंदैन, आम्दानी बढ्छ ।  वडायक सिर्जनशील किसान भएकाले उनका अनुशरण गर्दै अन्य किसानसमेत उखु उत्पादन बढाउने कार्यमा लागेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताएका छन ।
उखुसँगै वडायकले मौसमी बेमौसमी तरकारीखेती गरेरसमेत आम्दानी लिँदै आएका छन् । उहाँ यस वर्ष उत्कृष्ट किसानका रुपमा छनोटमा परी पुरस्कारका लागिसमेत चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group