ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिसवारमा ‘रोटरी मुसहर नमूना बस्ती’ हस्तान्तरण


bhawani desk
१७ असार २०७५, आइतबार   १० : ५६   बजे

चितवन, १७ असार । चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा निर्माण भएको ‘रोटरी मुसहर नमूना बस्ती’ शनिबार हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको हो ।

गएको माघ १२ गतेबाट उक्त बस्ती निर्माण शुरु भएको थियो । घर निर्माण भए पनि अन्य बगैँचा र सामुदायिक भवन निर्माणको काम भने बाँकी नै छ ।
बस्ती हस्तान्तरण कार्यक्रममा रोटरियन अनिलकुमार थपलियाले राहत वितरणका लागि आउँदा ओत लाग्ने ठाउँ नभएको देखेपछि अभियान चलाएर बस्ती निर्माण गरिएको बताउनुभयो ।

रु ५८ लाख ३४ हजार लागतमा निर्माण भएको नमूना बस्तीको आधा खर्च भने हस्तबहादुर भट्टराई प्रतिष्ठानले बेहोरेको निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । अन्य विभिन्न संघसंस्था, रोटरियन र नगरपालिकाबाट पनि सहयोग प्राप्त भएको छ ।

अझै सो क्षेत्रमा आउने बाटो निर्माणका लागि आधा रकम बेहोर्ने प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराईले बताउनुभयो ।
पहिलो चरणमा १२ परिवारका लागि घर निर्माण भएको छ । पुन १२ घर निर्माण गर्ने योजना रोटरीको छ । एउटा घरमा भान्सासहित तीनवटा कोठा र शौचालय बनाइएको छ । बाल उद्यान, सामुदायिक भवनसमेत निर्माण गरिने र हरेक घरका लागि एक एक वटा ट्यूवबेल निर्माण गरिएको छ ।

चितवनको सौराहा नजिकै रत्ननगर–७ मा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाइएको हो ।
बस्ती हस्तान्तरणमा मुसहर आफ्नो पोषाकमा सजिएर खुशी मनाएका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चेपाङ र मुसहरलाई स्नातकोत्तरसम्म पढ्नका लागि नगरपालिकाले सहयोग गर्ने जानकारी दिनुभयो ।
मुसहर बस्तीकी अगुवा भगवन्ती मुसहरले एउटै घरमा दुई तीन परिवार बस्न बाध्य भएको अवस्थामा घर निर्माण भएपछि सहज भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group