ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामकोटमा भ्यु टावर निर्माण शुरु


एबीसी न्यूज
१७ असार २०७५, आइतबार   २ : ३६   बजे

म्याग्दी १७ असार । रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेस्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण शुरु भएको छ ।

रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासिन्दाले भ्यु टावर निर्माण शुरु गरेका हुन् । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारको रुपमा रहेको रुइसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउन भ्यु टावर निर्माण शुरु गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिएका छन ।

गाउँपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट स्थानीयवासीले श्रमदान गरेर भ्यु टावर निर्माण सुरु गरेका हुन् । सत्ताइस् फिट अग्लो रहने भ्यु टावर तीन तलाको हुनेछ । यस वर्ष पहिलो तलासम्म मात्र बन्ने टावरमा आगामी दुई वटा तला थप गर्न बजेटको प्रस्ताव गरिएको छ ।

थामकोटको निर्माणाधीन भ्यु टावर नजिकै वनभोज स्थलका लागि एउटा टहरा निर्माण भइसकेको छ । त्यहाँ खानेपानीको व्यवस्था मिलाइएको छ । उक्त स्थानमा सामुदायिक विश्रामगृह सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।

दुई हजार २०८ मिटर उचाइमा अवस्थित थामकोटबाट रघुगंगा गाउँपालिकाका ८ वटै वडा, बेनी नगरपालिका, अन्नपूर्ण, जलजला र बागलुङ नगरपालिकाका भूभाग, सूर्योदय, हिमशृङखलाको अवलोकन गर्न सकिन्छ ।

हाल वनभोज खान पर्वत, कास्की पुग्ने बेनीका बासिन्दालाई थामकोटमा पु¥याउने योजना रहेको छ । समथर खाली भूभाग वनभोज स्थलका लागि उपयुक्त भएको वडा अध्यक्ष कटुवालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा वडा कार्यालयको दुई लाख रुपैयाँ अनुदानमा स्थानीयवासीले सिजलगाउँको दुईतर्फबाट रुइसेसम्म जोड्ने करिब दुई किलोमिटर पदमार्ग निर्माण गरिसकेका छन् ।

ढुङ्गे सिँढी बनाउने र झाडी फाँडेर सहज रुपमा आवतजावत गर्न सकिने बाटो बनाइएको स्थानीय युवा हरि भण्डारीले बताउनुभयो । निर्माण सामग्री ढुवानी र पर्यटकको सहज आवतजावतका लागि सिजल गाउँदेखि थामकोट हुँदै नौलीबराह जोड्ने सडकको ट्याक निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu