ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केसीका सबै माग पूरा गर्न नसकिने– राज्यमन्त्री अर्याल


एबीसी न्यूज
३२ असार २०७५, सोमबार   २ : ३०   बजे

चितवन, ३२ असार ।  स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा गोविन्द केसीका माग हुबहु पूरा गर्न नसकिने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित भरतपुर महानगरपालिका तथा चितवन जिल्ला घोषणा समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले केसीका सबै माग पूरा गर्न नसकिने बताउनुभयो ।

केसीका मागप्रति सरकार गम्भीर रहेको भन्दै उहाँले जायज माग पूरा गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रको बेथिति रोक्दै जनताको घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पु¥याइने राज्यमन्त्री अर्याालको भनाइ थियो ।

अहिले पनि देशभरका दुई हजार ३१२ वटा वडामा स्वास्थ्य संस्था नभएको भन्दै उहाँले ती वडामा स्वास्थ्य सेवा पु¥याउने सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले असारे विकासको परम्परालाई तोड्दै भदौबाटै विकास निर्माणका काम गर्ने परिपाटीको विकास गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा सांसद दिलकुमारी (पार्वती) रावल, प्रदेश सांसद कृष्ण खनाल, गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झालगायतले बोल्नुभएको थियो ।

सो अवसरमा शुरुमा भरतपुर महानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरी जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।

कार्यक्रममा पूर्ण खोपयुक्त जिल्ला बनाउन सहयोग पु¥याउने विभिन्न व्यक्ति र संघ संस्थालाई सम्मान गरिएको थियो ।

जिल्लामा पहिलो पटक फूलबारी गाउँविकास समितिमा २०७१ साल असार १८ गते पूर्णखोपयुक्त गाउँ विकास समिति घोषणा गरिएको थियो । महानगरपालिकाको वडा नं– ६ बाहेक १ देखि १२ सम्मका ११ वटा वडालाई पूर्णखोपयुक्त वडा घोषणासँगै महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा गरिएको हो । सो पश्चात् जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा सबै बालबालिकाले ती सबै खोप पाएको सर्वेक्षणबाट देखिएपछि जिल्ला पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले बताउनुभयो ।

जिल्लामा एक वर्षमा १४ हजार तीन सय बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । हरेक महिना २२७ वटा खोप क्लिनिकबाट २५० खोप सेसन मार्फत् खोप सेवा प्रदान गरिँदै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Brazil Fines TikTok $30 Million Over Child Data Privacy

Kennedy Center Faces Potential Demolition, Trump Administration Warns

Nepal Minister Emphasizes Public Interest, Press Freedom Amid Media Transformation

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

Nepal Government Pledges Reforms to Protect Domestic Workers

Nepal Seeks Deeper Economic Ties With US Focused On Digital Innovation, Clean Energy

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu