ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको देवघाटधाममा साउने संक्रान्ति मेला सुरु


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   ९ : ५२   बजे

 चितवन, १ साउन । चितवनको पवित्र तीर्थस्थले देवघाटधाममा साउने संक्रान्ति मेला सुरु भएको छ ।
नेपालकै पवित्र तीर्थस्थल समेत रहेको देवघाटधाममा साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लाग्ने गर्दछ । हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा धार्मिक महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले विभिन्न पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन् ।
आज बिहानैदेखि भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

यससगै यहां महिना व्यापी बोल ॐ महोत्सव पनि गरिदै आएको छ । ओम (ॐ) शब्दमा अलौकिक शंक्ति रहेकाले बम शब्दलाई हटाएर बोल ओमको नामबाट महोत्सव गत बर्ष देखि सुरु भएको पौडेले बताए ।
देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा सुरु भएको मेला साउन महिनाभरी सञ्चालन हुनेछ । महोत्सवको आजै दिउसो पर्यटन मन्त्री रवीन्द्र अधिकारीबाट उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

यस साउन महिनामा ४ वटा सोमबार परेकोले मेलाको झनै महत्व रहेको बताइन्छ । कालिगण्डकी र त्रिशुलीको संगम वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निदान हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो ।


साउने मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । मेलमा चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ्ग, लगायत भारतका लाखौ भक्तजनहरु जल आएका छन् । नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ । बाटो, खानेपानी, विद्युत् गायतको पनि व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिका पौडेलले बताए ।
चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको पौडेलले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group