ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जैविक बिविधता संरक्षण गर्नेलाई निकुञ्जको सम्मान


bhawani desk
१ श्रावण २०७५, मंगलबार   ४ : ४०   बजे


डोल्पा, १ साउन । डोल्पामा जैविक बिविधता र बन्यजन्तु संरक्षणमा योगदान पु¥याए बापत शे फोक्सुन्डो निकुञ्ज डोल्पाले तीन जना ब्यक्तिलाई सम्मान गरेको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका १ को वडा कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा त्रिपुरा सुन्दरी मध्येवर्ती क्षेत्र भित्रका भानुचन्द्र उपाध्याय,कृष्णराज शाही र लिलाराम केसीलाई नगद पन्ध्र सय सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको हो ।

त्रिपुरा सुन्दरी नगरपालिका १ का उपाध्यायलाई संरक्षित बन्यजन्तु घोरलको उद्धार,सोही ठेगानाकै केसीलाई संरक्षित राष्ट्रिय पन्छी डाँफेको उद्धार र कृष्णराज शाहीलाई बनसंरक्षणमा योगदान पु¥याए बापत सम्मान गरिएको त्रिपुरा सुन्दरी मध्येवर्ती क्षेत्र बन उपभोक्ता समितिका अध्यक्ष टिकादत्त न्यौपानेले जानकारी दिनुभयो ।

यस्ता कार्यक्रमले जैविक बिविधता,बन्यजन्तु र बनपैदावर लगायतको संरक्षणको क्षेत्रमा टेवा पुग्नुका साथै हौसला समेत बढाउने उहाँको भनाई छ ।
उनीहरुलाई वडा नं १ का अध्यक्ष कर्मसिँह थापा,त्रिपुरा सुन्दरी मन्दीरका पुजारी कृष्णचन्द्र पाण्डे र समाजसेवी टंक प्रसाद उपाध्यायले टिका,खादा र प्रशंसापत्र सहित सम्मान गरेका थिए ।

बन संम्पदा संरक्षणकालागि बोट बिरुवा रोपेर मात्रै नहुने र त्यसको रेखदेख पनि उत्तिकै महत्वपुर्ण रहेको २०४२ साल देखि बन संरक्षणमा सक्रिय त्रिपुरा सुन्दरी नगरपालिका १ गल्लीको बयोबृद्ध कृष्णराज शाहीले बताउनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवाला ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group