ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विना सुचना विद्युत काटिएपछि गाउँलेले प्राधिकरणका हाकिमलाई ४ घण्टासम्म घाममा सेकाए


bhawani desk
४ श्रावण २०७५, शुक्रबार   १ : २६   बजे

सुरुङ्गा । सेवाग्राहीले विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई ४ घण्टासम्म तातो घाममा उभ्याएर सजाय दिएका छन् ।

स्थानीय बासीले विना सुचना विद्युत काटेर सास्ती दिएको भन्दै प्रमुखलाई तातो घाममा राखेका हुन् ।

विहीबार ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत प्राधिकरणका हाकिमसहित सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर घाममा निकालेर दिनभर तातो घाममा उभ्याएर सजाय दिएका हुन ।

विद्युत कर्मचारी एसीमा बसेर सर्वसाधारणलाई पटक पटक विद्युत काटी सास्ती दिएको स्थानीय बासीको आरोप छ । हामी सर्बसाधरणलाई रातभर दिनभर लाईन जाँदा कस्तो हुन्छ भन्ने सवक सिकाउन हाकिमलाई तातो घाममा राखेको , स्थानीय कवि प्रसाइले बताए । स्थानीयले विजुली पटकपटक काटेर सास्ती दिनु भन्द बरु लोडसेडिङ गर्न समेत सुझाव दिएका छन् ।

विद्युत प्राधिकरणमा जम्मा भएका सर्वसाधरणले विद्युत आपूर्ति नियमित गर , विद्युत काट्नु पहिले सञ्चार माध्यमबाट सुचना गर , लोडसेडिङ मुक्त गर , विद्युतका कारणले विग्रिएका उपकरणको क्षतिपुर्ति दे , विद्युत काउन्टर व्यावस्थित गर लगायातका नारा लगाउँदै आक्रोसित भीड विद्युत प्राधिकरण पुगेको थियो ।

प्राधिकरण घेराउका लागि विहिबार विहानैदेखि सुरुङ्गा बजारमा माइकिङ्ग समेत गरिएको थियो । यसरी विद्युत प्राधिकरण घेराउको सुचना प्रकाशन गरेपछि विद्युत प्राधिकरण परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group