ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै घट्यो अनौठो घटना: विवाहकै दिन श्रीमतीले पाईन घोर्ले छोरो


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ४ : ३२   बजे


लहान, ४ साउन । सिरहा सुखिपुर नगरपालिका ४ को मा स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माइन्। यो घटना अहिले चर्चाको विषय बनेको छ।
उमेशले बरियारपटी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन्। तर, उनले विवाहको हरेक प्रक्रिया पूरा गर्दा पनि दुलही गर्भवती रहेको थाहा पाएनन्। बिवाहकै रात दुलहीले छोरा जन्माइन्। त्यसपछि उनी आश्चर्यमा परे।

केटाले पहिल्यैदेखि प्रेम गरेको र बिहे गरेको केही महिनामै सन्तान जन्मिएका घटना थुप्रै छन्। अझ कतिपयले त सन्तान भएपछि विवाह गरेका घटना पनि समाजमा देखिन्छन्। तर, उमेश भने ठूलो फन्दामा परे। उनले बिहे गरेकी केटीसँग प्रेम पनि गरेका थिएनन्। तर, बिहे गरेर घर भित्र्याएकै दिन दुलहीले बच्चा जन्माएपछि गाउँमा मात्र होइन् देश विदेशमा चर्चा चुलिएको छ। यो घटनाले उमेशका परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए। उनका अनुसार उमेश लाजले घरबाट निस्कन समेत मानेका छैन्।

बिहे गरेर घरमा भित्रिएकै दिन बच्चा जन्माएकी शोभा भने समस्यामा परेकी छन्। उनलाई श्रीमानले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन्। शोभा घर फिर्ता भएपछि समाज तनावमा परेको स्थानीय नथुनी रामले बताए। उनले भने, ‘युवती हेरेर बिहे भयो। तर, कसैले थाहा पाएन। यो नै आश्चर्यको कुरा हो।’

उनले भने, ‘शोभासँग सोधपुछ गर्दा परोसी युवक उमेशसँग प्रेम गरेको र उनीसँगै यौनसम्बन्ध राख्दा गर्भ बसेको बताइन्। त्यसपछि अहिले शोभालाई उमेशको घर पठाएका छन्।’ उनले युवती जो युवकसँग प्रेम गरेका थिए, ति युवक साउदी पुगेका कारण समस्या सिर्जना भएको बताए। प्रेम गरेर गर्भवती बनाएका युवक उमेशले आफूले आएपछि बिहे गर्ने भनेर फोनमा प्रतिबद्धता समेत जनाएको उनले बताए।

प्रेम गरेर गर्भ बसालेका उमेशका बुबा राजकुमार मोची र शोभाका बुवा रामवली रामले ठूलो गल्ती गरेको निष्कर्ष निकाल्दै समाजले दुबै जनालाई जरिवाना गरेका छन्। युवतीका बुबासँग २ लाख ५० हजार र गर्भवती बनाएका युवकका बुबासँग २ लाख रुपैयाँ जरिवाना गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu