ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी नाकाबाट १७४ जना नेपाली चेलीको उद्धार


bhawani desk
५ श्रावण २०७५, शनिबार   ११ : ५४   बजे

भद्रपुर, ५ साउन । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ ।

मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।

मानव बेचबिखनको ट्रान्जिट मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ ।

सन् २०१७ को जनवरीदेखि जुनसम्ममा माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टामा महिला हराएको ८६ वटा घटना दर्ता भएकामा खोजी कार्य गरेर ३० जना फेला परेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताएका छन।

सो अवधिमा मानव बेचबिखनसम्बन्धी तीन वटा र घरेलु हिंसासम्बन्धी दुई वटा मुद्दा अदालतमा दर्ता गराइएको छ ।

त्यसैगरी सोही अविधिमा माइती नेपालले पशुपतिनगर नाकाबाट १९५ जनालाई भारत जानबाट रोकेको छ भने १८ जनाको उद्धार गरेको छ ।

पशुपति नगरमा मानव हराएका ६३ वटा निवेदन परे पनि २२ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ ।

त्यसैगरी, जोगवनी नाकामा १२० जनालाई रोकिएको छ भने चारजनाको उद्धार तथा हराएका ३५ जनाको निवेदन परेर पनि १५ जना फेला परेको माइती नेपालले जनाएको छ ।

चेलीबेटी बेचबिखन रोक्नका लागि माइती नेपाल प्रहरीसँग मिलेर विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group