ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. केसीले अनसन तोडे प्रधानमन्त्री ओली आफैंले सीधै वार्ता गर्ने


एबीसी न्यूज
७ श्रावण २०७५, सोमबार   १० : २०   बजे

काठमाडौं, ७ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ अनसन थालेको २४ दिन बितिसकेको छ । सरकारले उनलाई काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन ।

शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग केसीले वार्ता गर्न अस्वीकार गरेपछि वार्ता अझै अनिश्चित छ ।

यसैबीच सरकारले अनसन तोडेर वार्तामा आउन डा. केसीलाई सन्देश पठाएको छ । बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन तोडे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सीधै वार्ता गर्ने सम्भावना छ ।
यसअघि पटकपटक सहमति भए पनि समस्याको समाधान नभएपछि प्रधानमन्त्री आफैंले डा. केसीसँग वार्ता गर्ने मनस्थिति बनाएका छन् । यसबारेको सन्देश डा. केसीलाई पठाए पनि उनले जवाफ नआएको स्रोतको भनाई छ ।

‘डा. केसीभन्दा अरुसँग वार्ता गरेर पनि अर्थ नहुने भयो, उहाँ संस्था नभएर व्यक्ति भएकाले उहाँका प्रतिनिधिभन्दा पनि उहाँसँगै सरकारले वार्ता गर्न खोजेको हो ।
आवश्यकता परेमा प्रधानमन्त्रीस्तरमै वार्ता हुन्छ’ नाम उल्लेख नगर्ने शर्तमा प्रधानमन्त्रीका एक सहयोगीले भने, ‘तर पहिले उहाँले अनसन तोड्नुपर्छ । अनसनमा भएको बेला उहाँ बोल्न सक्नुहुन्न, कसरी वार्ता गर्ने ?’

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै डा. केसीले असार १६ गते जुम्लाबाट अनसन सुरु गरेका थिए । अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि सरकारले डा। केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एकैदिन ४२ दिनको हाजिरी, जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवमाथि प्रश्न

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

सम्बन्धित

मधेसमा जापानीज इन्सेफ्लाइटिस बढ्दो, १९ संक्रमितमध्ये ६ जनाको मृत्यु

कृषि कर्जाको पहुँच विस्तार गर्नुपर्छ : मन्त्री चौधरी

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu