ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोमा परी एक बेपत्ता, दुई घाइते


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ८ : ४४   बजे

सुर्खेत, ११ साउन ।  पातारासी गाउँपालिका–५ ल्होर्पा गाउँ जुम्लाका २८ वर्षीय डम्बरसिंह बुढा पहिरोमा परी बेपत्ता भएका छन् ।

जुम्ला सदरमुकामदेखि करीब १२ किलोमिटर दूरीमा रहेको ल्होर्पा गाउँ नजिकैको जंगलमा गएको पहिरोमा उनी परेका हुन् । जुम्ला बजारदेखि घर जाने क्रममा बिहीबार बेलुका ७ः०० बजे बुढा पहिरोमा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो । सोही पहिरो परेका दुई जना स्थानीय भेषबहादुर बुढा र खड्गबहादुर बुढा सामान्य घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

उहाँका अनुसार दुवैको स्थानीय स्वास्थ्य चौकी डिल्लीचौरमा उपचार भइरहेको छ । पहिरोमा परेका डम्बरसिंहको घडी तिलानदी बगरमा भेटिएकाले नदीले बगाएको हुनसक्ने उहाँले बताउनुभयो ।

आज बिहानदेखि बेपत्ता बुढाको खोजीका लागि नदी किनारामा नेपाल प्रहरीको १३, सशस्त्र प्रहरी १४ जना र स्थानीय प्रहरी चौकीको जनशक्ति परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यसैबीच प्रहरीका अनुसार एक दिनअघिमात्र जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ३ भण्डारीगाउँमा आगलागी हुँदा तीन वर्षीय बालिका कृष्मा कुमाईको जलेर मृत्यु भएको थियो । उक्त घटनामा घरधनी कर्णप्रसाद कुमाईको दुई तलाको छ कोठे घर आगलागीबाट नष्ट हुँदा  २३ लाख बराबर क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Fire Kills At Least 15 Newborns in Pakistan Hospital

Dozens Killed in Sudan’s Kordofan Province Amidst Rebel Attacks

Ukrainian Mob Attacks Conscription Vehicle Amid Growing Resistance

भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

Nepal’s Prime Minister Shah to Face Parliament Questions Today

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu