ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिम्मतवाली फिल्मका अभिनेता सुदर्शन गौतम तस्करीका मुख्य नाइके


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   १ : ४२   बजे


काठमाडौं, १२ साउन ।  हिम्मतवाली फिल्म जति चर्चामा आयो त्यतिनै त्यस फिल्मका अभिनेता सुदर्शन गौतम एका एक चर्चामा आए । जुन चर्चाको विषय थियो रेखा र गौतमबीच रहेको प्रेम । चर्चा चलेपछि रेखाले पनि यो प्रेम नै रहेको भनी ‘ग्रिन सिग्नल’ दिइन् । सुदर्शनले त हाकाहाकी रेखासँग प्रेम सम्बन्धमा रहेको घोषणा समेतनै गरे ।
यति सम्मकी एउटा साप्ताहिक पत्रिकामा सुदर्शनलाई काखैमा राखेको तस्बिर सहित रेखा सार्वजनिक भइन् । र, उनले प्रेमको स्विकारोक्ति गरिन् ।
फिल्म रिलिज भएको महिना दिन वित्दै जाँदा यो जोडीको चर्चा निकै भएको थियो । अहिले रेखा ‘मालिका’ फिल्मको दौरानमा छिन् तर सुदर्शन भने इन्टरपोलको खोजी सूचीमा परेका छन् । रेखाको सुदर्शनसँग अहिले कस्तो सम्बन्ध छ त्यो त खुलेको छैन तर गौतम मानव तस्कर निस्किएका छन् ।

क्यानडाको स्थायी बसोबास अनुमति पाएका सुदर्शनलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मा पत्राचार गरी पक्राउका लागि निवेदन गरेको छ । दुई हात नभएका सुदर्शन विवादीत पात्र त्यसबेलै थिए जतिबेला उनले एक पत्रकारलाई फोनमा अपशव्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको थियो । अहिले उनी मानव तस्कर भएको प्रहरीले ठहर गरेको छ ।

नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीका मुख्य नाइके सुदर्शन नै रहेको प्रहरीले ठम्याएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ ।

तीन युवतीलाई अमेरिका लैजाने भन्दै अफ्रिकी युद्धग्रस्त मुलुक हाइटीमा अलपत्र पारेको र एक युवतीको समुद्रको नुनिलो पानी खाएर मृत्यु भएको प्रहरी अनुन्धानले खुलाएको छ । सुमित्रा कुँवर कटवालको त्यसरी मृत्यु भएको हो ।
हाइटीबाट फर्किएका युवतीको उजुरीका आधारमा गौतमविरुद्ध मुद्दा दायर गरिएको छ ।
महानगरीय अपराध महाशाखाले गौतमको मानव तस्करी गिरोहमा आबद्ध बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो । उनीहरू चारै जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । गौतम फरार अभियुक्त सूचीमा छन् ।
रामेछापकाका गौतम क्यानाडाका नागरिक भइसकेका छन् । उनी त्यहाँ रेस्टुरेन्ट लगायत विभिन्न व्यवसाय गर्दै आएका छन् । केही समयअघि सगरमाथाको आरोहण गरेपछि उनको चर्चा चल्यो र रेखा थापाले उनलाई हिम्मतवालीमा अभिनेता बनाइन् । फिल्मको सुटिङका नाममा युवती तस्करी गरी अमेरिकासम्म पुराउने जुक्ति सुदर्शनले निकालेका थिए । ७ घन्टामा अमेरिका पुग्ने सपना बोकेर नेपाली युवतीसहितको समूह पानीजहाजमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group